नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिनको कारोबारमा नेप्से १.४१ अंकले घटे पनि ६५ करोडको शेयर किनबेच भएको छ । सुरुमा केही बढेको नेप्से अन्त्यतिर घटेर ९८६.६६ मा कारोबार बन्द भएको हो ।  कारोबार रकममा प्रभु र ग्राण्ड बैंककै दबदबा रह्यो । नेपाल ईन्भेष्टमेन्टको लिलाममा खरिद गरिएको शेयर नामसारीको क्रममा भएको कारोबारलाई छाड्ने हो भने  सात  करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री यी दुई बैंकले गरेका छन् ।

प्रभु बैंकले ग्राण्डलाई खरिद गर्न लागेको हल्लाले केही दिनदेखि शेयर बजारमा यी दुई बैंकको शेयर धेरै संख्यामा किनबेच हुँदै आएका छन् ।

त्यस्तै बिहीबार नै दोस्रो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेका एभरेष्ट र नेपाल बंगलादेश बैंकको शेयर कारोबार पनि उल्लेख्य संख्यामा भएका छन् ।

बिहीबार धेरै शेयर मूल्य बढ्ने कम्पनीहरुमा फाईनान्स र बिकास बैंकहरु नै  रहे । यस दिन हामा मर्चेन्ट फाईनान्सको शेयर मूल्य १० प्रतिशतले बढ्यो भने राष्ट्रिय बीमा संस्थानको प्रोमोटर शेयर पनि अधिकतम प्रतिशतले बढ्यो । बिकास बैंक र फाईनान्सहरु ठूला बाणिज्य बैंकहरुसँग मर्ज वा एक्विविशनमा जाने संभावना भएको र आफैले पनि नाफा बढाईरहेकाले उनीहरुको शेयर मूल्यमा केही दिनदेखि तेजी आईरहेको छ ।

सम्बन्धित खबरहरु