sambidhan-sabha-bhawan

१७ माघ, काठमाडौ । प्रश्नावली प्रस्ताव समितिको बैठकले समितिको कार्यविधि निर्धारणकालागि कांग्रेस सभासद रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय उप समिति गठन गरेको छ ।

शनिबार संवाद समितिको कार्यालय सिंहदरबारमा बसेको प्रस्ताव समितिको बैठकले समिति गठनको निर्णय गरेको हो । उपसमितिले आइतबारको बैठकमा समितिको कार्यविधि सहितको प्रस्ताव पेश गर्ने जिम्मेवारी पाएको छ ।

समितिका सदस्यहरुमा राप्रपाका दिपक बोहरा, स्वतन्त्र सभासद अत्तहर कमाल मुसलमान, एमाले सभासद भानुभक्त ढकाल, राप्रपा नेपालका दिलनाथ गिरी, कांग्रेस सभासद किरण यादब रहेका छन् ।

समितिको अर्को बैठक भोलि दिउँसो एक बजे बस्ने छ ।

भोलिको बैठकमा समितिले विवादीत विषयमा कसरी प्रश्नावली निर्माण गर्ने भन्ने टुंगो लगाउने छ । समितिको बैठकले विपक्षी मोर्चालाई पनि समितिमा आउन आह्वान समेत गरेको छ ।

सम्बन्धित खबरहरु