काठमाडौं । आमा भन्दा प्यारो यो संसारमा को हुन्छ र ?

शब्द नै अति सम्मानित र प्यारो छ । एक जुनीमा नै जन्म दिने आमाको गुन तिर्न सकिन्न ।

दुश धारा दुधको मूल्य चुकाउन सकिन्न । अति कष्ट खेपेर हुर्काएको भारा काट्न सकिन्न । यसैले ठूलो भएपछि आमाको सेवा गर्नुपर्छ ।

तर ठूलो हुन नपाउँदै सानै हुँदा आमा हराउनुभयो । बालबालिकाका लागि त्यो भन्दा ठूलो बज्रपात के हुन्छ ? यसैले आमाको खोजीका लागि यो सूचना सेयर गरेर देख्नुहुनेसम्म पुर्याउँन आग्रह गर्दछौ ।

सबै जानकारी र सूचना तल छ । देख्नुहुनेसम्म पुर्याईदिनुहुन र देख्नुहुनेले तलको फोन नम्बर वा नजिकको प्रहरीमा जानकारी गराईदिनुहुन हार्दिक अपिल गर्दछौ ।

सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका घर भइ हाल भक्तपुर दधिकोट बस्दै आउनुभएकि ४५ वर्षीय देवकी न्यौपाने २०७९ असार ६ गते बिहान करिब ८:३० बजे मोबाइल घरमै छोडी कुर्ता सुरुवाल र एउटा हातमा ब्याग बोकि घरबाट निस्किनु भएको र हालसम्म सम्पर्कमा नआउनु भएकोले निम्न फोन नम्बरमा खबर गर्दिनहुन हार्दिक अनुरोध गर्दछौं !

सम्पर्क न. 9849126797 ,9843566661, 9840357166

 

सम्बन्धित खबरहरु