काठमाडौ । काठमाडौं महानगरले स्वर्गीय र्‍यापर अनिल अधिकारी उर्फ यम बुद्धको शालिक निर्माण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले अघि सारेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शालिक निर्माणको लागि बजेट बिनियोजन गरिएको हो ।

आर्थिक वर्ष २०७९/८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट अघि सारेको महानगरले यम बुद्दको शालिक निर्माणका लागि भनेर १५ लाख रुपैयाँ छुट्टाएको छ ।

गत असार १० गते पेश भएको उक्त बजेट तीन चरणको छलफल पश्चात शुक्रबार सर्वसम्मत पास भएको हो ।

यम बुद्ध नेपाली र्‍याप क्षेत्रका अग्रज कलाकारका रुपमा चिनिनुहुन्छ । उहाँले सन् २०१७ मा आत्महत्या गर्नुभयो ।

बालेन साह यम बुद्दद्वारा संचालित र्‍याप गायन सम्बन्धित कार्यक्रम ‘र बार्ज’ र्‍याप ब्याटलमार्फत नै र्‍याप क्षेत्रमा परिचित हुनुभएको हो । उहाँले नै यम बुद्धको शालिक बनाउँने प्रस्ताव राख्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु