काठमाडौं । महिला संघको बैठकमा कुटाकुट भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा हातपात भएको हो ।

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा कुटाकुट भएको जानकारी दिइएको छ ।

राप्रपा महिला संघको अध्यक्ष पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अगाडि मात्रै नियुक्त गर्नुभएको थियो । अन्जना रावल शाह अध्यक्षमा नियुक्त भएपछि बसेको पहिलो बैठकमा यस्तो घटना घटेको हो ।

असन्तुष्ट पक्ष कुमारी तामाङलगायतको समुहले विरोध गरेपछि तनाव भएको हो । तामाङलगायतले पार्टी बाहिरको मान्छेलाई ल्याएर अध्यक्ष बनाएको भन्दै विरोध गर्नुभयो । जानकारी अनुसार बैठकमा विवाद भएपछि दुवै पक्षबीच भनाभन भएको थियो ।

त्यसपछि हानाहान भएको थियो । हानाहानको क्रममा राप्रपाका​ महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङ लगायतका घाइते भएको जानकारी गराइएको छ ।

 

सम्बन्धित खबरहरु