काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी विधेयक ल्याउनुअघि सरकारले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिनुपर्ने बताउनुभएको छ ।

साथै हिजो जानिएनछ भनेर जनतासँग सार्वजनिक रुपमा माफी माग्नुपर्ने उहाँको दावी छ ।

ओली सरकारले ल्याएको अध्यादेश र त्यसविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्योदशकै भावको विधेयक राष्ट्रियसभामा दर्ता गरिएको छ, जसको चौतर्फी विरोध भइरहेको छ ।

सोमबार सम्पादकहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले विधेयक ल्याउँदा आफूहरुसँग सल्लाह नभएको र प्रतिपक्षलाई नै छलेर ल्याउन नसकिने बताउनुभयो ।

उहाँले अघि भन्नुभयो, ‘गर्नै मिल्दैन, असंवैधानिक छ भनेर सर्वोच्च अदलतमा मुद्दा हालेको छ, यता राष्ट्रियसभा जस्तो ठाउँमा लगेर नगरी हुँदैन, संविधानसम्मत छ भनेको छ । यो भन्दा निर्लज्ज, दुईमुखे दुईजिब्रे अरु के हुन्छ ?’

‘यो लज्जानपस्पद कुरा हो । उहाँहरुले त्यो मद्दा फिर्ता लिनुपर्छ । हिजो गरेको कामहरुमा माफी माग्नुपर्छ । हिजो हामीले जानेनछौं भनेर नेपाली जनतासँग भन्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

 

सम्बन्धित खबरहरु