काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख भेटघाटमा व्यस्त हुनुहुन्छ । विदेश विभाग प्रमुख लिउ जियानचाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास बालकोट पुगेको थियो । भेटमा दुईबीच नेपाल–चीनबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भयो । नेपालको चार दिने भ्रमणका लागि जियानचाओ आइतबार काठमाडौं आउनु भएको हो ।

काठमाडौं आएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभयो । सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता भएको थियो । अब राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नेछ । जियानचाओ नेतृत्वको चिनियाँ टोली बुधबार स्वदेश फिर्ता हुनेछ ।

सम्बन्धित खबरहरु