असार २९, २०७९, बुधवार 13 July, 2022 पूर्णिमा, आषाढ शुक्लपक्ष दिल्लाथ्व, ११४२ ने.सं. सूर्योदय ५:१८ सूर्यास्त १९:००

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ । आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । साथै, मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : सुरुमा कामका कुराले मनमा द्विविधा बढ्न सक्छ तर पनि पछि काम बन्छ । आम्दानीका स्रोतहरू बढ्नाले मन प्रसन्न रहला । प्रेम सम्बन्धमा विश्वासको मात्रा बढ्नेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । व्यापार व्यवसायमा पनि फाइदा होला । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : कृषि र व्यवसायमा उन्नति हुनुका साथै अन्य काममा पनि मनग्ये धन कमाउने अवसर जुट्नेछ । शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला, होसियार रहनु होला । स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ । आम्दानी पनि राम्रै हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्नतिको सम्भावना छ तर आत्मीयजनसँग बिछोड होला । पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययन अध्यापन फलदायी रहनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आफन्तको भेटले हर्ष बढ्नेछ । सन्तानको सहयोग मिल्नेछ । यात्रामा मन रमाउनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ, धन लाभ होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : रोकिएका काम बन्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनेछ । काममा जस पाउने सम्भावना छ । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखन कार्यमा मन लाग्नेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । पढाइ लेखाइमा रुची बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : विश्वास पात्रबाट धोका पाइएला । मानसिक चञ्चलता र उत्साह बढ्नेछ तर अप्रिय समाचारले दुःखी बनाउला । आफन्तको भरण पोषणका निम्ति खर्च वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । खर्च बढ्ने र अर्थ अभावले काम रोकिने सम्भावना छ । प्रतिनिधिमूलक यात्रा गर्ने मौका आउला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : काममा कठिनाई देखिए पनि अन्ततः खुशी मिल्नेछ । घर जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ । धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ, सफलता पनि मिल्नेछ । दीर्घकालीन नबनेका काम बन्नेछ । आयआर्जन र विद्यामा बुद्धि हु्नेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : प्रयत्न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ । ब्यापार पनि फस्टाउनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा प्रगति हुने देखिन्छ । मान सम्मान पद प्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसाय कार्य सहज रहनेछ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । व्यापार व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । कामबाट विश्राम लिने मौका छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : समाजमा कुरा काट्नेहरू बढ्ने छन् । दैनिक कार्यमा केही समस्याहरू देखिएलान्, सावधान रहनु होला । खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ । सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला । तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ । सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ ।

सम्बन्धित खबरहरु