एजेन्सी । भनिन्छ, मानव जीवनलाई सफल बनाउनका लागि चाहिने आधारहरु मध्ये शारीरिक सम्बन्ध पनि एक हो ।

शारीरिक सम्बन्ध मानव जीवनको एक नियमित प्रकृया भएका कारण यो कुनै जटिल वा फराकिलो विषय होइन, जति आम मानिसले यसलाई कठोर सम्झिरहेका छन् ।

शारीरिक सम्बन्धलाई मानिसले जति अप्ठेरो रुपमा सोच्दै जान्छ त्यो उतिनै अप्ठेरो मोडतर्फ प्रवेश गर्छ । यद्यपी शारीरिक सम्बन्ध गर्नु अघि वा पछिका लागि आफ्नै अनुशासन पनि हुने गर्छन् ।

शारीरिक सम्बन्धलाई धेरै नै सहज ठानेर आचरणहीन उच्श्रृङखल बनाउन थालियो भने यसले फेरि जीवनमा अर्को जटिलता सिर्जना गर्न पुग्छ ।

शारीरिक सम्बन्ध सन्तोत्पादन गर्ने प्रकृयामात्र नभएर शारीरिक तथा मानसिक खुशी दिलाउने एक बलियो सम्बन्ध पनि हो ।

त्यस कारण पनि यसले मानव स्वास्थ्यलाई फाइदा नै पुग्ने गर्छ । तर आजहामी एउटा नयाँ विषयमा चर्चा गर्दै छौं ।

अक्सर हामीले शारीरिक सम्बन्ध पछाडि पुरुषहरु थाक्छन् भन्ने कुरा सुन्दै र अनुभव गर्दै पनि आइरहेका हुनसक्छौं । तर शारीरिक सम्बन्ध पछाडि महिला निराश बन्ने गरको कुराहरु हामीले कमैमात्र सुनेका हुन सक्छौ ।

किन की वीर्यस्खलन पछाडि थकित पुरुषले महिलासँग अन्तरंग नगर्ने गरेको विभन्न अनुसन्धानले देखाउँदै आएका छन् ।

त्यसकारण पनि अधिकांश पुरुषहरुले शारीरिक सम्बन्धपछि महिलासँग सहवासको अनुभव साट्ने गर्दैनन् । जसले गर्दा सहवासमा साथ दिइरहेको आफ्नो पार्टनरले शारीरिक सम्बन्ध पछाडि के सोचिरहोला ? उसलाई कस्तो लागिरहेको छ भन्नेमा पुरुषहरुले हेक्का राख्दैनन् ।

तर एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले शारीरिक सम्बन्धपछि महिलाहरु निराश हुने गरेको पत्ता लगाएको छ । त्यतिमात्र होइन शारीरिक सम्बन्ध पछाडि त्यसरी महिलाहरु निराश बन्नुका केही कारणहरुसमेत निक्र्यौल गरेको छ ।

क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार शारीरिक सम्बन्धको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो ।

सहमतिमा शारीरिक सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

२ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले शारीरिक सम्बन्धपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु शारीरिक सम्बन्धपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा शारीरिक सम्बन्धपछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति शारीरिक सम्बन्धमा रमाउन खोज्नु हुन्छ त्यति नै शारीरिक सम्बन्धपछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ ।

शारीरिक सम्बन्धपछि आफ्नो महिला पार्टनको निधार चुम्ने, सुम्सुम्याउने र अंगालोमा राखेर मिठा मिठा कुरा गर्नुभयो भने उनीहरु खुशी हुन्छन । महिलाहरु पुरुषको तुलानाका ज्यादै भावानात्कम र समावेदनशिल हुने भएका कारण यी कुराहरुको ख्याल पुरुष पार्टनरले राख्न आवश्यक ठानिन्छ ।

 

सम्बन्धित खबरहरु