काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीमाथि चोरीको आरोप लागेको छ ।
गीत चोरी गरेको आरोप लागेकी गायिका जोशीले विश्वभरको पप संगीतको संयोजनमा नेपाली गीत बनाएको बताउनु भएको हो ।
सोमबार राति एक कमेडी शोमा अतिथिको रूपमा पुग्नु भएकी इन्दिराले पहिलो पटक यस्तो आरोप लागेको बताउनुभयो ।
आफूले गीत चोरी नगरेको उहाँले जिकिर गर्नुभयो । आफूले विश्वभर रहेको टेन्ड स्टाइलको रूपमा अर्थाएको पनि उल्लेख गर्नुभयो । गायिका जोशीका अनुसार हरेक कुराको स्टाइल भएजस्तै म्युजिकको पनि स्टाइल हुन्छ ।
उहाँले भन्नुभयो, ‘मैले विश्वभर प्रचलित पप म्युजिकलाई मर्ज गरेर नेपालीमा गीत बनाएकी हुँ ।’ यो मात्रै नभएर अन्य गीतहरू पनि यसरी नै बनेको जिकिर पनि उहाँको थियो ।
गीतहरू सुन्दै जादाँ मान्छेलाई थाहा हुने उहाँको भनाई छ । आफूहरूले अन्तर्राष्ट्रिय साउन्ड मात्र नेपालमा भित्र्याउन खोजेको गायिका जोशीले तर्क गर्नुभयो । अहिले ल्याएको ‘पछ्यौरी’ गीतलाई एउटा प्रयोगको रूपमा बुझिदिन आग्रह पनि उहाँको छ ।