हर्ष पन्त । श्रीलंका यतिबेला ठूलो संकटको घडीबाट गुज्रिरहेको छ । तर डरलाग्दो कुरा के हो भने अहिले श्रीलंकाको जस्तै आर्थिक दुर्दशाको अवस्था दक्षिण एसियाका अरू धेरै देशमा पनि देखिएको छ ।

तर यस प्रकारको आर्थिक संकटलाई नियन्त्रण गर्न यी देशहरूले जुन राजनीतिक वा नेतृत्व क्षमता राख्नुपर्छ, त्यो छैन । यी देशमा आर्थिक संकटसँगै राजनीतिक नेतृत्वको सङ्कट पनि देख्न पाइन्छ ।

हामीले श्रीलंकालाई असफल राष्ट्रको रूपमा कहिल्यै देखेका थिएनौँ । त्यहाँको आर्थिक अवस्था राम्रो थियो । सामाजिक परिसूचक पनि राम्रै थिए ।

तीन वर्षअघि मात्रै उसलाई उदीयमान अर्थतन्त्रका रूपमा हेरिएको थियो । तर त्यहाँको आर्थिक अवस्था जसरी खस्किँदै गयो, त्यो राजनीतिक नेतृत्वको कमजोरीको परिणाम हो भन्ने कुरा बुझ्न धेरै समय खर्चनु पर्दैन् । आज अर्थतन्त्रलाई बिग्रनबाट जोगाउन त्यहाँको नेतृत्व पूर्ण रूमा असफल भएको छ ।

यो आर्थिक संकट दक्षिण एसियाका एकपछि अर्को धेरै देशमा देखिन थालेपछि थप संकट देखिने डर सबैमा छ । आज पाकिस्तानको अवस्था होस् वा नेपालको आर्थिक मन्दीको प्रश्न, सबैतिर यस्तै वातावरण सिर्जना भइरहेको छ ।

यस्ता संकटहरू एउटै पर्खालमा सीमित हुँदैनन् । जुन आक्रोश आज श्रीलंकामा देखिएको छ, भोलि त्यही आक्रोश नेपाल वा पाकिस्तानमा पनि देखिन सक्छ । यो दक्षिण एसियाका लागि ठूलो चिन्ताको विषय हो ।

दक्षिण एसियाका धेरै देश आर्थिक संकटमा छन् ?
पाकिस्तान र नेपालजस्ता दक्षिण एसियाली मुलुकले यस्तो संकटलाई नियन्त्रण गर्न सफल हुने कि नहुने भन्ने प्रश्न उठेको छ । के यी देशहरूको राजनीतिक संरचना यस्तो छ कि तिनीहरू श्रीलंकामा देखिएजस्तै संकट व्यवस्थापन गर्न सक्षम छन् ?

म पाकिस्तानमा यस्तो देख्दिँन । नेपालमा पनि यस्तो आर्थिक संकट आयो भने राजनीतिक ढाँचाबाट समाधान होला भन्ने कुरामा शंका छ । नेपालमा श्रीलंकाजस्तो आर्थिक संकट आयो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता राजनीतिक नेतृत्वमा छैन ।

किनभने यहाँ पनि राजनीतिक विभाजन निकै गहिरो छ । त्यसैले अवस्था यतिसम्म छ कि वर्तमान समयमा राजनीतिक र आर्थिक दुवै समस्या एकसाथ उभिएका छन्, दक्षिण एसियाका जनता त्यसबाट पीडित छन् ।

श्रीलंकाको आर्थिक दुर्दशामा चीनको हात
चीन, पाकिस्तान र नेपाल तीनै ठाउँमा चीनको स्वार्थ छ । प्रश्न छ, श्रीलंकामा चीनले खेलेको भूमिकालाई कसरी हेर्नुपर्छ ? वास्तवमा श्रीलंकामा चीनको रवैया निकै गैरजिम्मेवारपूर्ण देखियो ।

चीनले श्रीलंकालाई ठूलो ऋण दियो र लगानी पनि गर्यो । चिनियाँ ऋण र लगानीले त्यहाँ ठूलो प्रभाव पारेको छ । श्रीलंकाको अहिलेको आर्थिक दुर्दशाका लागि चीन पूर्णतया जिम्मेवार छ भन्न नसकिए पनि चीन नै वर्तमान दुर्दशाको प्रमुख कारण हो भन्ने कुरा सबैले बुझेका छन् ।

जब पैसा कमाउने कुरा आयो, चीन सबैभन्दा अगाडि थियो । चीनले राजापाक्षे परिवारलाई धेरै पैसा दियो । चीनले राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थलाई ध्यानमा राखेर काम गरेको आरोप लाग्ने गरेको छ ।

चीनले त्यहाँका आम जनताहरूलाई बेवास्ता गर्दै राजापाक्षे परिवारमा पूर्ण ध्यान दिएको धेरैको बुझाई रहेको छ । मानिसहरूले राजपाक्षे परिवारको सम्पत्ति बढ्दै गएको तर देशको आर्थिक अवस्था नाजुक मोडतर्फ बढिरहेको महसुस गरेँ ।

चीनको रवैयाबाट अरु देशले पाठ सिक्नुपर्छ
आज श्रीलंकालाई सहयोग चाहिएको बेला चीन कतै देखिएन् । पछिल्ला ६ महिनादेखि श्रीलंकाको आर्थिक अवस्था खस्किन थालेको थियो । त्यहाँका मानिसहरूले कोभिडका कारण श्रीलंकाको आर्थिक स्थितिमा परेको धक्काबाट आफूहरू सायदै उठ्न सक्ने कुरा गर्दै आएका थिए ।

तर त्यस अवधिमा पनि चीनले श्रीलंकालाई सहयोग गर्न पहल गरेको हामीले देखेनौँ । श्रीलंकाको समस्यालाई ध्यानमा राखेर चीनले जसरी पन्छिन् खोज्यो, त्यसबाट अन्य धेरै देशहरूले पाठ सिक्नुपर्छ ।

जहाँ पैसा कमाउने कुरा आउँछ, चीन अगाडि देखिन्छ, तर जहाँ मद्दत गर्ने वा समस्या समाधान गर्ने कुरा आउँछ, चीन पछाडि जान्छ । यो समयमा पनि श्रीलंकामा चीन देखिँदैन । यतिबेला आईएमएफ र भारत सहयोगका लागि अगाडि आएका छन् ।

श्रीलंकालाई सहयोग गर्न भारतले आफ्नो तर्फबाट धेरै पहल गरेको छ। श्रीलंका अब मद्दतको लागि आईएमएफमा जाँदैछ। चीनले आफ्नो ऋणको पुनर्संरचनाका लागि उठाएको वार्तालाई श्रीलंकाले ध्यान दिएको छैन । जसरी पाकिस्तान र नेपाल जस्ता देशहरूमा चीनको आर्थिक वर्चस्व कायम छ, त्यसको परिणाम उनीहरूले पनि श्रीलंकाजस्तो संकट भोग्नुपर्ने अवस्था नआओस् ।

ऋण तिर्न नसकेपछि हम्बनटोटा बन्दरगाह चीनले कब्जा गरेको छ । यो सरकारी सम्पत्ति आर्जन गर्ने ढोका नै अहिले चिनियाँ कम्पनीलाई लिजमा हस्तान्तरण गर्नुपरेको छ ।

चीनले आफ्नो ऋणको पुनर्संरचनाका लागि उठाएको वार्तालाई श्रीलंकाले ध्यान दिएको छैन । जतिबेलापनि अप्ठ्यारोमा पर्न सक्ने श्रीलंकाले बुझ्न थालेको छ ।

जसरी पाकिस्तान र नेपाल जस्ता देशहरूमा चीनको आर्थिक वर्चस्व कायम छ, त्यसको परिणाम उनीहरूले पनि श्रीलंकाजस्तो अवस्था भोग्नुपर्ने अवस्था नआओस् ।

श्रीलंका संकटको समाधान
श्रीलंका यो संकटबाट कसरी बाहिर आउन सक्छ ? यो सोच्नुपर्ने कुरा हो । श्रीलंकामा सबै राजनीतिक दलहरू सर्वदलीय सरकार बनाउने कुरा गरिरहेका छन्, तर त्यसले मात्र काम गर्दैन । सरकारका सबै घटक दलले सहमतिबाटै योजना बनाउनुपर्छ ।

उनीहरुले आपसी सहमतिमा बनेको योजनामा ​​मात्रै आईएमएफमा जानुपर्नेछ । त्यहाँको आर्थिक अवस्था सुधार गर्ने सहमति योजना नभएसम्म आईएमएफ कुनै ठोस सहयोगका लागि तयार हुँदैन । श्रीलंकाको राजनीतिक अवस्था सुधार नभएसम्म आईएमएफले पनि केही गर्न सक्दैँन । उसको हात पनि बाँधिएको छ । BBC Hindi

सम्बन्धित खबरहरु