काठमाडौं । नेकपा (एमाले) गलकोट नगर कमिटीका सदस्य, राष्ट्रिय युवा संघ नेपाल, गलकोट नगर कमिटीका पूर्व अध्यक्ष एक उदीयमान युवा नेता, व्यवसायी दिलसन (भीम) पुनमगरको अल्पआयुमा नै निधन भएको छ ।

उहाँको उपचारका क्रममा अकल्पनीय र अल्पायुमै निधन भएको हो । उहाँको निधनपछि भिनाजु रुद्रश्रीस मगरले सामाजिक सञ्जालमा लेख्नुभएको छ,

रङ्गीन मान्छे हेर्दाहेर्दै रङहीन भइदियाै ।
तिमी यति छिटै किन निष्ठुरी भाकाे भाइ (साला बाबू) ? तिमी छैनाैं भन्दा अझै विश्वास लागिरहेकाे छैन । राजनीति, समाजसेवा र व्यवसायमा भर्खर उदाउने प्रयास गर्दै थियाै

। सारा गलकाेटेकाे प्यारा थियाै । आज तिमीविना साँच्चै रित्ताे भाकाे छ । यति लेखिरहँदा पनि हात काँपिरहेका छन् । र, पनि भन्न बाध्य छु, अलबिदा भाइ ।

नेकपा (एमाले), गलकाेट नगर कमिटीका सदस्य, राष्ट्रिय युवा संघ नेपाल, गलकाेट नगर कमिटीका पूर्व अध्यक्ष, उदीयमान युवा नेता, व्यवसायी भाइ दिलसन (भीम) पुनमगरकाे उपचारका क्रममा अकल्पनीय र अल्पायुमै भएकाे निधनले अत्यन्त मर्माहत भएकाे छु ।

यस शाेकाकुल घडीमा सम्पूर्ण आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरूमा धैर्य गर्न आग्रह गर्दै भाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

 

सम्बन्धित खबरहरु