काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी विश्वका शीर्ष १० धनीहरूको सूचीबाट बाहिरिनु भएको छ ।

तर अर्का भारतीय अर्बपति गौतम अडानी अब अमेरिकी अर्बपति बिल गेट्सलाई पछि पार्न तयार भएर बस्नु भएको छ ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार भारतीय उद्योगपति मुकेश अम्बानी सम्पत्तिमा आएको गिरावटका कारण विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीबाट बाहिरिनु भएको हो ।

उहाँको कुल सम्पत्ति अहिले ८६.१ अर्ब डलरमा झरेको छ, जबकि भारत र एशियाका सबैभन्दा धनी गौतम अडानीले आफ्नो पकड पाँचौं स्थानमा सुरक्षित गर्नुभयो ।

टेस्लाका सीईओ एलोन मस्क २१४ अर्ब डलर बराबरको कुल सम्पत्तिका साथ विश्वका शीर्ष अर्बपतिहरूको सूचीमा शीर्ष स्थानमा रहनु भएको छ ।

त्यसपछि जेब बेजोस १३३ अर्ब डर बराबरको सम्पत्तिका साथ दोश्रो स्थानमा रहनु भएको छ, फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १२८ अर्ब डलरको कुल सम्पत्तिका साथ तेश्रो स्थानमा हुनुहुन्छ ।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स ११४ अर्ब डलरको कुल सम्पत्तिका साथ चौथो स्थानमा रहनु भएको छ । गौतम अडानी अहिले ११० अर्ब डलरसहित पाँचौं स्थानमा हुनुहुन्छ ।

उहाँको सम्पति निरन्तर बढ्दै गइरहेको छ, जसकारण उहाँले गेट्सलाई पछि पार्ने कुरालाई कसैले नर्कान सकिरहेको छैन् ।

ल्यारी पेज १०३ अर्ब डलरको साथ छैटौं, गुगलका सर्गेई ब्रिन ९९.२ अर्ब डलरसहित सातौं, वारेन बफेट ९६.५ अर्ब डलरसहित आठौं र माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ बाल्मर ९० अर्ब डलरको सम्पत्तिसहित नवौं स्थानमा पुग्नु भएको हो ।

ल्यारी एलिसन ८७ अर्ब डलरसहित दशौं स्थानमा हुँदा अम्बानी ८६.१ अर्ब डलरको कुल सम्पत्तिका साथ ११ औं स्थानमा पुग्नु भएको छ ।

सम्बन्धित खबरहरु