काठमाडौं । अघोरी बाबा फेरि मिडियामा आएका छन् । केही युट्यब च्यानललाई उनले अन्तर्वार्ता दिएका हुन् ।

एक कुराकानीमा उनले भेलु बाजेका कारण आफू हराउन पुगेको बताए ।

पहिले तपाईं युट्यब र टिकटकमा भाइरल हुनुहुन्थ्यो तर अहिले भेलु बाजे आइसकेपछि तपाईंलाई पछि पारेकै हो त भन्ने प्रश्नको जवाफमा उनले चने, ‘अँ मलाई तब अब सबैले पछि पार्यो । सबै नयाँ फल टिप्न जान्छन् ।

पुरानो फलतिर को आउँछ र ?’ भेलु बाजे आएपछि तपाईंको भ्यालु नै छैन भनेर राखिएको जिज्ञासामा उनी भन्छन्, ‘भेलु बाजे आएर धेरैको भ्यालु नै खत्तम पर्दिसक्यो ।’

भेलु बाजे भाइरल हुँदा खुःशी लागेको बताउने उनले नयाँ नयाँ विषयहरुमा कुरा गर्नुपर्ने बताए । यसपटक चर्चामा आउन उनले छाडापनको सहारा लिएका छन् । उनले दुई अर्थ लाग्ने कुराहरु बालेका छन् ।

यौनका विषयमा पनि उनले धेरै कुराहरु राखेका छन् । अहिलेसम्म १०८ जनासँग शारीरिक सम्बन्ध राखेको कुरा पनि उनले बताएका छन् ।

सम्बन्धित खबरहरु