सबैको रोजाईमा पर्यटन क्षेत्र, बढ्दो आकर्षण

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १७ माघ, २०७१

नेपालमा पर्यटन क्षेत्रमा क्रेज बढ्दै गएको प्रतिनिधि दृष्य शनिबार ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) मा पनि देखियो । नेपाल सरकार होटल तथा पर्यटन व्यवसायी तालिम केन्द्र (नाथुम) ले खुलाएको पथप्रदशक तालिममा अन्र्तवार्ता दिनेहरुको भिडले नेपालको प्रर्यटन क्षेत्रमा आकर्षण बढ्दै गएको प्रष्ट छ । शनिबार नाथुममा आवेदन दिएका १३ सय ५० पर्यटन मजदुर हातमा डकुमेण्ड बोकेर अन्र्तवार्ता दिन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को केन्द्रीय कार्यालयमा लाईनमा बसेका थिए । उनीहरुमध्ये ५ सय जनाले मात्र पालो पाए ।

तालिम केन्द्रले ५ सय ७० जनालाई मात्र तालिम दिने गरि आवेदन खुलाएको छ  तर आवेदन दिने १३ सय ५० छन् । नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ) का महासचिव सुमन पराजुलीले जनबोली डटकमसँग भने, उनीहरु २० बर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गरिरहेका छन्, यो तालिम लिएपछि मात्रै पर्यटन विभागले परिचयपत्र दिने भएकाले आवेदन भरेका योग्य सबैलाई तालिम दिइनुपर्ने हाम्रो माग छ । आवेदन भरेका सबै ट्रेकिङ गाईड योग्य छन्, स्रोत बढाएर भएपनि तालिम दिइनुपर्छ, अन्र्तवार्ता छनोटका लागि बसेका महासचिव पराजुलीले भने । नेपालमा ट्रेकिङ गाइडको आकर्षण रहेकाले राज्यले पहिलो प्रथामिकतामा राखिनुपर्ने महासचिव पराजुलीको भनाई छ । हाल पर्यटन विभागबाट परिचयपत्र जारी गरेका मात्रै ट्रेकिङ गाईड १४ हजारको हाराहारीमा छन् ।

सम्बन्धित खबरहरु