काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी मौद्रिक नीतिबारे ब्रिफिङ दिनुभएको छ ।

जनार्दन शर्माको राजीनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाव लगायत विषयमा अर्थमन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गर्नुभएको थियो ।

उक्त छलफलमा गभर्नर अधिकारीले मौद्रिक नीतिमा समेटिने महत्वपूर्ण विषयबस्तु बारे प्रकाश पार्नुभएको थियो ।

छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफ्रिङ गर्नुभएको थियो ।

राष्ट्र बैंक र अर्थमन्त्रालय तर्फको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति तर्जुमा गर्न निर्देशन दिनुभयो ।

सरकारको नीति तथा कार्यक्रम कार्यन्वयन र आर्थिक वृद्धिदर हासिल गर्नेगरी मौद्रिक नीति आउनेमा स्पष्ट हुन गभर्नर अधिकारीले आश्वासन दिनुभएको बैंठकमा सहभागी एक पदाधिकारीले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबरहरु