काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पल्लिो समय निरन्तर विवादमा पर्दै आउनु भएको छ ।

उहाँ स्वर्गीय र्यापर अनिल अधिकारी (यम बुद्द) को सालिक निर्माण गर्ने निर्णय गरेपछि थप विवादमा पर्नुभएको थियो ।

चर्को आलोचनापछि सालिक आफ्नै तलबबाट बनाउने निर्णय गरे पनि आलोचना कम भने भएको छैन् । त्यसअघि सडकमा मकै बेच्ने महिलामाथि गरेको व्यवहारका कारण पनि उहाँको आलोचना भएको थियो ।

अहिले फेरि उहाँ विवादमा पर्नुभएको छ । यो बीचमा अहिले अर्को एक निर्णयका कारण उहाँ विवादमा पर्नुभएको हो ।

काठमाडौँ महानगरले ‘ई–स्पोर्ट’ को नाममा आफूलाई चुनावमा सघाएको चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा पुग्ने गरी एक करोड बजेट विनियोजन गरेको हल्लापछि तनाव सुरु भएको छ ।

‘हिमालयन टेलिभिजन’ ले रुटिन अफ नेपाल बन्दकै लागि भनेर बालेनले एक करोड रुपैयाँ छुट्टाएको दाबीसहित भिडियो सामाग्री प्रसारण गरेपछि स्वंयम उक्त मिडियाको प्रतिकृया पनि आएको छ ।

असार २९ मा जारी गरिएको एक निवेदनमा भनिएको छ, ‘मिडियाको दुरुपयोगः ‘हिमालय टिभी’ भन्ने संस्थाले हाम्रो (‘रुटिन अफ नेपाल बन्द’ को) नाम लिएर प्रसारण गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त समाचारमा हामी एक मात्र ई–स्पोर्ट कम्पनी भन्ने दाबी गरेर काठमाडौं महानगरले हाम्रो लागि १ करोड बजेट छुट्याएको भनिएको छ । सर्वप्रथम, रुटिन अफ नेपाल बन्द कुनै ई–स्पोर्ट कम्पनी होईन्, यो संस्था कार्यक्रम आयोजना गर्ने कम्पनी पनि होईन् ।

हाम्रो संस्था प्रेस काउन्सिलमा दर्ता भएको मिडिया हो । तथ्यका आधारमा भन्ने हो भने नेपालमा ई–स्पोर्ट खेलाउने, खेल्ने प्रयोजनका लागि दर्ता भएका कम्पनी धेरै छन् ।

समाचारमा भनिए जस्तो ई–स्पोर्ट समूहमा पब्जी मात्रै पर्ने पनि होईन् । बिना अनुसन्धान कुनै व्यक्ति/कम्पनीको नाम लिएर झुटो आधारमा समाचार बनाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यस्तो कार्यप्रति हाम्रो संस्था खेद प्रकट गर्दछ ।’

अगाडि थप्दै भनिएको छ, ‘साथै, हामी सो समाचार, समाचार निर्माता तथा प्रसारण गर्ने कार्यक्रम र संस्थाका विरुद्ध मानहानी र प्रेस काउन्सिलमा झुटो समाचार सम्प्रेषण गरेको बारे उजुरी दर्ता गर्नेछौँ ।

र, पितपत्रकारिताको आडमा कसैप्रति लक्षित अनर्गल प्रचार गर्दै आफ्नो कुण्ठा गर्ने दुष्कर्मबाट सम्पूर्ण मिडिया क्षेत्रलार्ई बद्नाम नगर्न, नगराउन यहि निवेदनमार्फत सचेत गराउन चाहान्छौँ ।’

सम्बन्धित शीर्षक

सम्बन्धित खबरहरु