काठमाडौं । जर्मनीका एक ब्लगर अहिले काठमाडौंमा छन् ।

उनले नेपालको यात्राका बारेमा भिडियो बनाएर फेसबुक र युबट्युमा राखिरहेका छन् । उनले नेपालको खानाहरुको बारेमा जानकारी गराइरहेका छन् ।

थकाली खाना, ठमेलको मसाज, सडकमा बेचिने (स्ट्रीट फूड ) का बारेमा उनले भिडियोहरु बनाएको देखिन्छ ।

उनले एउटा भिडियोमा यो अनौठो स्ट्रीट फूड खाजा पानी पुरी र दही पुरी कोसिस गरें । भनेर लेखेका छन् । यो खाना मात्र ०.९० डलरको भएको उनले उल्लेख गरेका छन् । भिडियोमा भनेका छन् यो अनौठो स्ट्रीट फूड हो ।

यसको लागत मात्र ०.९० डलर छ । यसलाई दही पुरी र पानी पुरी भनिन्छ । यसमा असामान्य मीठो स्वाद छ । खट्टा मसला स्वादको विस्फोट भइरहेको छ । यो धेरै स्वादिष्ट छ।

पानी पुरीमा गोलो पुरी पाइन्छ । यो गहिरो फ्राइ गरिएको कुरकुरा (फ्ल्याटब्रेड) हुन्छ । जसमा इमलीको चटनी, खुर्सानीको धुलो, चाट मसाला, आलुको मसला, प्याज वा चनाको मिश्रण बनाएर राखिन्छ ।

नेपाल घुम्न आउनेहरुले यो एक पटक प्रयास गर्नुहोला भनेर उनले स्वादको खुबै तारिफ गरेका छन् ।

पानी पुरी र दही पुरी खाएपछि विदेशीले उम्.. स्वादको विस्फोट भने, ठमेल क्षेत्रमा बस्ने पानीपुरीवालाले उनको भाषा त बुझे तर नेपालीमा नै जवाफ फर्काइदिए । स्वादको विस्फोट नहुने भए नेपालमा युवतीहरु हुरुक्कै हुन्थे त, विदेशी पाहुनालाई पानीपुरी वालाले नेपालीमै जवाफ दिए !!

सम्बन्धित खबरहरु