एनविए नेपाल कप भेट्रान फुटवल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव च्यापियन ट्रफी जित्न सफल भएको छ ।
शनिबार दिउंसो दशरथ रंगशालामा भएको त्रिभुवन आर्मीे क्लब र मनाङ मस्र्याङदी क्लबबीच फाइनल खेलमा निर्धारित ६० मिनेटमा दुवै टिमले दुई दुई गोल गरे पश्चात ट्राईबेकरमा ३–२ गोलको अन्तरले त्रिभुवन आर्मी क्लव च्यापियन बन्न सफल भएको हो ।
प्रतियोगिता समापन गर्दै प्रधान सेनापति महारथी गौरव शम्शेर ज.ब.रा ले विजयी टिमहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई ट्रफी र ५० हजार नगद पुरस्कार साथै उपविजेता टिम मनाङ मस्र्याङदी क्लबलाई २५ हजार नगद पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
साथै नेपाली सेनाको त्रिभुवन आर्मी क्लव प्रथम भए वापत प्राप्त ५० हजार रुपैयाँमा नेपाली सेनाको तर्फ बाट सोहि वरावरको राशि थप गरि जम्मा १ लाख रुपैयाँ स्पोर्टस फर अल क्लब नेपाललाई आप्mनो उद्देश्य प्राप्तिको लागि गरियो ।
उक्त रकम प्रधान सेनापति राणाले क्लवका अध्यक्ष लोक बहादुर शाहीलाई सोहि समारोहमा हस्तान्तरण गरे ।
प्रतियोगिता उद्घाटन समारोहको दिन नेपाली सेनाको तर्फबाट सैनिक विनय महानिर्देशक उपरथी राजेन्द्र क्षत्रीले समेत उक्त उद्देश्यमा सहयोग पुगोस् भनि नगद ५० हजार प्रदान गरेका थिए ।
समापन समारोहमा प्रधान सेनापति लगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत ठूलो संख्यामा सकल दर्जाको साथै अन्य सरकारी निकायमा उच्चपदस्थ पदाधिकारीहरु, नेपाल खेलकुद परिषद्का पदाधिकारी तथा संचारकर्मीहरु समेतको उपस्थिति रहेको थियो ।
पूर्व राष्ट्रिय खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्पोर्ट्स फर अल क्लव नेपालको आयोजना र नेपाल बैंकर्स एसोसिएसनको मुख्य प्रयोजनमा पौष २५ गतेबाट काठमाण्डौस्थित दशरथ रंगशालामा प्रतियोगिता संचालन भएको थियो ।