काठमाडौं । पूर्व मिस युनिभर्स तथा बलिउडकी चर्चित अभिनेत्री सुस्मिता सेन र आईपीएलका संस्थापक ललित कुमार मोदीबीचको सम्बन्ध खुल्ने वित्तिकै मनोरञ्जन क्षेत्रदेखि खेलकुद जगतमा हंगामा मच्चिएको छ । यो खुलासापछि सामाजिक सञ्जालमा मिम्सको बाढी आएको छ ।

अभिनेत्री सुस्मिता र ललितबीचको सम्बन्ध सार्वजनिक हुनेबित्तिकै अभिनेत्रीका फ्यानलाई पत्याउनै गाह्रो भयो ।

यसबीच अभिनेत्रीका भाइ राजीव सेन पनि स्तब्ध छन्, उनी केही बोल्ने अवस्थामा छैनन् । यो खुलासापछि सुस्मिता सेनले भाइ राजीवलाई इन्स्टाग्राममा अनफलो गरिन् । तर बुहारी चारु असोपालाई भने फलो गरिरहेकी छिन् ।

अर्कोतिर राजीवले पनि दिदी सुस्मितालाई इन्स्टाग्राममा अनफलो गरेका छन् । तर उनले व्यापारी ललित मोदीलाई फलो गरिरहेका छन् । यो सम्बन्धको खुलासा भएपछि सुस्मिता सेनको घरमा केही राम्रो चलिरहेको छैन भन्ने थाहा भएको छ, यसबारेमा कुनै पुष्टि भएको छैन ।

उनले भने, ‘इमानदारीपूर्वक भन्नुपर्दा मलाई यसबारे कुनै जानकारी छैन, म आफैं अचम्ममा छु । यसको बारेमा म आफैं मेरी ददीसँग कुरा गर्छु ।’

तर यसअघि दिदी–भाइको असन्तुष्टि सामाजिक सञ्जालमा नै देखिएको छ । १४ जुलाईमा इन्डियन प्रिमियर लीकका पिता ललित कुमार मोदीले अभिनेत्री सुस्मिता सेनसँगको रोमान्टिक तस्वीर ट्विटरमा पोस्ट गर्दै आफू र सुस्मिता एकअर्कालाई डेट गरिरहेको जानकारी गराए । उनले छिट्टै विवाह गर्ने कुरा पनि बताएका छन् ।

ललित मोदीको यो ट्विटपछि चारैतिर हंगामा मच्चिएको छ । सामाजिक सञ्जालमा ललित र सुस्मिताको इन्गेजमेन्ट र बिहेको चर्चा चलिरहेको छ ।

यसै क्रममा एउटा तस्वीरमा सुस्मिताको औंलामा रहेको औंठी देखेर अभिनेत्रीले ललित मोदीसँग गोप्य रुपमा इन्गेजमेन्ट गरेको चर्चा हुँदैछ ।

सम्बन्धित खबरहरु