काठमाडौं । ‘त्यस दिन धेरै पानी परेको थियो, आँगन पानीले भरिएको थियो । आमा सुत्दै हुनुहुन्थ्यो, अचानक आएर बुवाले आमालाई कुट्न थाल्नुभयो, म कक्षा ९ मा पढ्दै थिए दाई कलेजमा ।

आमा बेहोस हुनुभयो, भुइँमा शरीरबाट रगत बगिरहेको थियो । मैले मेरी आमालाई बचाउन खोजे तर मेरो बुबाले मलाई पनि पिट्नुभयो । मेरो कानको पर्दा च्यातियो । आमा बाँच्नु हुन्न भन्ने लाग्यो ।

म बाहिर दौडिएँ र आमा बचाउनुस् भनेर कराउन थालेँ, पानी परेकाले सबै घरभित्र थिए, अगाडि बस्ने काकाले आएर सहयोग गर्नुभयो । उहाँ एक वकिल (अधिवक्ता) पनि हुनुहुन्थ्यो, उहाँले आमालाई बचाउनुभयो ।

मेरो अगाडि बाबाले आमालाई गाली गर्नुभयो । त्यो दिन बाबा मेरो नजरमापुरै गिरीसक्नु भएको थियो । होइन, होईन, मेरो बुबाले यस्तो कहिल्यै गर्नुहुँदैन । छिमेकीको घरमा यस्तो हुन्छ ।’ भारतको सरकारी तथ्याङ्ककलाई उद्धृत गरेर यस्ता टिप्पणी गर्न सकिन्छ ।

तर एक पटक आफैलाई त्यो ठाउँमा राखेर हेर्नुहोस्, सम्भव छैन कि तपाईं आफूलाई त्यो ठाउँमा राख्न सक्नुहुन्छ । जुन घटनालाई हामीले आफ्नो जीवनमा कल्पना समेत गर्न सक्दैनौँ, त्यो घटना अनगिन्ती बालबालिकाको जीवनको यथार्थ हो । उनीहरु दैनिक यस्तो जीवन बिताउँछ । विगत बिर्सनुहोस् भन्ने तर्क यहाँ कहिल्यै काम गर्दैन ।

गरिमा सिंहको कथा पनि यस्तै थियो । भारत, उत्तर प्रदेशको लखिमपुर खेरी सबैलाई थाहा छ, तर यसको नजिकै बसेको गोला थोरैलाई मात्र थाहा छ । गोलामा हुर्केकी गरिमाले त्यो सब भोगेकी छिन्, जुन कुरा हामीले फेसबुक पेज, साक्षात्कार वा समाचारमा मात्र पढेका छौँ ।

दुव्र्यवहार, उत्पीडन, शोषण, हेर्दाहेर्दै हुर्केका बालबालिकाको मानसिक अवस्थामा पर्ने असरबारे कुरा गर्न हाम्रो समाज हिचकिचाउँछ ।

त्यस्ता बालबालिकाले ती नराम्रो सम्झनाहरूलाई आफ्नो दिमाग वा हृदयको कुनामा जीवनभर बन्द गरेर राख्छन् । थाहा छैन कति त्यस्ता बच्चाहरु छन्, जो मनमा धेरै पीडा लिएर बाँचेका छन् तर भन्न सक्दैनन् । समय अनुसार सब ठिक हुदैन । गरिमाको जीवन पनि सहज थिएन । अन्य आमा–छोरी जस्तै गरिमा र उनकी आमाको सम्बन्ध थिएन ।

गरिमाले भनिन्, ‘बाल्यकालदेखि नै मेरो र आमाबीचको सम्बन्ध कठिन थियो । घरमा धेरै समस्या थिए । बाल्यकालदेखि नै म र मेरो भाइबीच भेदभाव भइरहेको महसुस गर्थे । यो सायद स्वाभाविक हो, आमाबाबुलाई हामीले समान रूपमा व्यवहार गरिरहेका छौँ भन्ने लाग्थ्यो होला, तर त्यो सत्य थिएन । जसकारण बाल्यकालमा आमासँगको सम्बन्ध राम्रो थिएन ।’

१६ वर्षको उमेरमा गरिमा बनारस हिन्दू विश्वविद्यालयमा पढ्न जाँदा उहाँले नयाँ पखेटा (उर्जा) पाउनुभयो । उहाँले संसार हेर्ने आफ्नो चश्मा मात्र परिवर्तन गर्नुभएन, आफ्नी आमा र घर हेर्ने नयाँ चश्मा पनि लगाउनुभयो । गरिमाले भन्नुभयो, ‘बुवाले घरमा निकै गाली गर्नुहुन्थ्यो ।

आमाले मेरो दाईलाई धेरै माया र दया देखाउनुहुन्थ्यो तर मसँग राम्रोसँग बोल्नुभएन। मलाई लाग्छ यो मेरो आमाको रिस थियो, जुन ममाथि निस्कन्थ्यो। आमा डिप्रेसनमा हुनुहुन्थ्यो तर मलाई अहिले थाहा भयो ।’

आज गरिमा पुरातत्वमा पीएचडी गर्दै हुनुहुन्छ । तर उहाँको जीवन यात्रा सहज भने थिएन् । एक कोठाको घरमा स्कार्फ बाँधेर बाल्यकाल बिताउनेदेखि प्रख्यात प्रोफेसरको नेतृत्वमा अनुसन्धान गर्नसम्म उहाँको यात्रामा आमाको सबैभन्दा ठूलो हात छ ।

बुबाले घरमा ध्यान दिनु भएन्, आर्थिक सहयोग पनि गर्नुभएन् । आमाले आंगनवाडीमा काम गरेर छोराछोरी हुकाउनुभयो । गरिमाले बीए गर्न जिद्दी गर्दा आमाले सबै कुरालाई बेवास्ता गर्दै घरबाट टाढा बनारस पठाउनुभयो ।

बुबाबारे गरिमा भन्नुहुन्छ, ‘उहाँले केही दिनु हुँदैन्थ्यो, खाली नियन्त्रण मात्र गर्न चाहनुहुन्थ्यो । मेरी आमा सात सय (भारु) रुपैयाँमा विद्यालयमा काम गर्नुहुन्थ्यो । म त्यही स्कुलमा पढ्थेँ, मेरो स्कुलको शुल्क रु ६० थियो, आमाले त्यहाँ पढाउनुहुन्थ्यो त्यसैले मेरो शुल्क माफ भयो, मेरो भाइको स्कुलको शुल्क रु ३०० थियो ।

चार जनाको घरमा महिनाको चार सय रुपैयाँ चल्थ्यो । हामी दिदीभाइले यो किन भइरहेको छ भन्ने कुरा बुझ्न सकेनौं । मेरी आमाले राम्रो सरकारी जागिर पाउनुहुन्थ्यो, बुबाले जागिर गर्न अनुमति दिनुभएन । आमाले स्नातकोत्तर गर्नुभएको थियो तर बुबाले काम गर्न दिनुभएन ।’

गरिमाले थप बताए अनुसार उहाँकी आमाले त्यतिबेला स्नातकोत्तर गर्नुभएको थियो । तर बुवाले केही गर्न दिनु भएन । बाबुको बारेमा कुरा गर्दै गरिमाले भन्नुभयो, ‘उहाँ आफैंले डबल स्नातकोत्तर गर्नुभएको थियो, बुवा वकिल हुनुहुन्छ, तर जब हामीले उहाँसँग केही माग्थ्यौँ, उहाँ सधैँ छैन भन्नुहुन्थ्यो । म काकीकी छोरीको पुरानो पोशाक लगाएर स्कुल जान्थें । जुत्ता किन्न पैसा थिएन । गर्मीमा आमा पुरानो कापीको बाँकी पाना सिलाएर नयाँ कापी बनाउनुहुन्थ्यो, हामी नयाँ कक्षामा त्यसमा लेख्थ्यौँ ।’

गरिमाले आफ्नी आमासँगको सम्बन्धमा धेरै उतारचढाव देख्नुपर्यो । आमाले सधै साथ दिनुभयो तर देख्न नसकेको, बुझ्न नसकेको उहाँलाई अहिले सम्झना हुन्छ । गरिमाले भन्नुभयो, ‘जब म कलेज जान्थें, बाहिर जान्थें र घर आउँदा आमासँगको सम्बन्ध निकै बलियो भयो।’

गरिमाको घरमा धेरै समस्या थिए । यदि एक दुर्व्यवहार गर्ने व्यक्ति तपाईंको घरको प्रमुख भयो भने, तपाईंले हरेक दिन हरेक पल कुनै न कुनै समस्याको सामना गर्नुपर्छ । धेरै वर्ष यातना भोगेपछि सबैले एक दिन उक्त जेलबाट निस्कने निधो गरेँ । गरिमा स्मरण गर्दै भन्नुहुन्छ, ‘समस्या यति धेरै भयो कि हामी तीनै बीचको सम्बन्ध बलियो भयो । मेरो भाइ, म र मेरी आमा एकसाथ उभिएर बुबाको विरुद्धमा लाग्यौं । हामीले सन् २०१३ मा सम्बन्धविच्छेद गरेका थियौं, धेरै कठिनाइहरू थिए तर २०१८ मा फैसला हाम्रो पक्षमा आयो ।’

ठूलो मान्छे तब हुन्छ जब उसको विकास हुन्छ, उसको आत्म विकास बढ्छ । सबै मान्छे उमेरले बुढो हुन्छ । सानो परिवारको विशेषता यो हो कि यसमा छोराछोरी मात्र हुर्किदैनन्, आमा कुसुम सिंहले पनि आत्मविकासको अवसर गुमाउनुभएन । गरिमाले आफ्नो भाइ, आमा र तीनैजनाबीचको सम्बन्ध पहिलेको भन्दा बलियो हुँदै गएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘म आफ्ना सबै असफलता, ब्रेकअप (धोका) आमालाई बताउन सक्छु । आमाबुवाको कुरा नमानेमा धोका हुन्छ भनेर आमाले मलाई कहिल्यै गाली गर्नुभएन् । उहाँले हालै, मलाई तिमी अझ राम्रो योग्य छ्यौँ, त्यो केटा तिम्रो लायक थिएन भन्नुभयो । मेरा लागि यो एक नयाँ शताब्दीको सुरुवात जस्तै हो ।’

आमासँगको सम्बन्ध मनाउनका लागि मर्दश डे अर्थात आमाको दिन रहेको छ । तर गरिमा यसबाट टाढा भएर आफूसँग सबैभन्दा नजिक भएको सम्बन्धलाई मनाउने गर्नुहुन्छ । गरिमा र उहाँकी आमा कुसुम लुगा, गरगहना आदि लगाएर तोकिएको स्थानमा पुग्नुभयो । केही फोटो खिच्नुभयो । गरिमाले ती तस्वीरहरू फेसबुकमा राखेपछि मानिसहरूले बधाई दिन थाले, विवाह कहिले हुन्छ भनेर सोध्न थाले । यसबाट बुझ्नुहोस् कि मंगेतर (बिहे पक्का भैसकेको महिला वा पुरुष) ले बगैँचामा तस्वीर खिच्ने कुरा समाजको मनमा कसरी बसेको छ ।

गरिमाले यद गर्दै भन्नुभयो, ‘मेरो घरमा हाम्रो ३–४ तस्वीर मात्र होलान् । बाबा एकदमै कन्ट्रोल (रिसालु) हुनुहुन्थ्यो, खुशीको कुनै सम्भावना थिएन, त्यसैले उहाँ सँगका तस्वीरहरू छैनन् । म सधैं राम्रो पारिवारिक फोटो चाहन्छु । आमा र भाइसँगको तस्वीर पनि थिएन । भाइको बिहेमा फोटोग्राफर बोलाउदा मैले आमासँग राम्रा तस्वीर खिच्ने कुरा पहिला उठाएकी थिए ।

ती तस्वीरहरू यति राम्रा थिए कि अपलोड नगरी बस्न सकिन, अक्सर केटीहरूले आफ्नो पार्टनर (साथि) सँग फोटो अपलोड गर्छन्, मैले आमासँग गर्छु ।’ गरिमा आमाबुवासँगको सम्बन्ध बलियो नभए पनि त्यसलाई उत्सवका रुपमा मनाउनुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ । मैले साझा मुक्तिका लागि बुबासँग आमाको सम्वन्धविच्छेद गराए । र मैले आमा रोजे । Original Content 

सम्बन्धित खबरहरु