काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ ।

सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धता अनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपीपीमा सहभागी नहुने सरकारले गरेको निर्णयको पत्र नपठाइएको बताउनुभयो । उहाँका अनुसार सरकारको निर्णय कसरी गर्ने ? भन्ने विषयमा छलफल भइरहेको छ ।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँगको सम्बन्ध बिग्रने भएका कारण अहिले पत्र नपठाउन दवाव दिएको परराष्ट्रका एक अधिकारीले खुलासा गर्नुभएको छ ।

संसदमापनि मन्त्रीपरिषद्ले निर्णय गरेको भनेर आँखामा छारो हालेको तर निर्णय नपठाएर देशप्रति घात गरेको विषय उठिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यो विषयलाई गम्भीर रुपमा उठाइरहेका छन् । यो खबर आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित खबरहरु