सोनल पाटेरिया । धेरै मानिस बुहारी शिक्षित होस् भन्ने चाहन्छन् तर काम गर्ने महिला होइनन् । यो म होइन, अध्ययन भन्छ । आउनुहोस् जानौँ आखिर विवाहको समयमा काम गर्ने युवतीलाई मन नपराउने कारण के हो ?

दिवा धर नामकी केटी छिन् । उनी अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गरिरहेकी छिन् । आफ्नो थेसिसको लागि, उनले भारतको श्रमिक वर्गमा महिलाहरूको सहभागिताको अध्ययन गरिन् ।

दिवाले भनेकी छिन्, ‘मलाई विवाहको समयमा लैङ्गिक भूमिकाले कसरी काम गर्छ, यसले काम गर्ने महिलामा कस्तो प्रभाव पार्छ भनेर हेर्न चाहन्थें । लैङ्गिक भूमिका भनेको लिङ्गको आधारमा तय हुने काम हो ।

महिला भएपछि घरको जिम्मेवारी उस्को हो, पुरुष हो भने जागिर खाने कुरा उस्को हिस्सामा आउँछ ।

मेरा उमेरका अधिकांश केटी (मेरो साथी) हरूले बिहेपछि या त जागिर छाडेका छन् वा कामको दायरा घटाइसकेका छन् । यस अध्ययनबाट म विवाहपछि महिलाको करियरमा कुनै असर पर्छ कि पर्दैन भनेर जान्न चाहान्छु ।’

प्रयोगको लागि, दिवाले वैवाहिक वेबसाइटमा २० नक्कली प्रोफाइलहरू बनाइन् । सबैको प्रोफाइलमा, उमेर, जीवनशैली, प्राथमिकता, शौक जस्ता कुराहरू ठ्याक्कै उस्तै लेखियो । फरक काम मात्र थियो ।

उनले जागिर गर्छिन्, गर्न चाहन्छिन्, कति कमाउँछिन्, यी कुराहरु सबैमा अलग राखिन् । दिवाले विभिन्न जात समूहहरूको लागि यी प्रोफाइलहरू बनाएकी थिइन् । ती नमूना अध्ययन गरेपछि दिवाले देहाय बमोजिम कुराहरू पत्ता लगाइन् :-

  • मान्छेहरू जागिर नगर्ने केटीलाई बिहेका लागि सबैभन्दा बढी रुचाउँछन् ।
  • दोस्रो नम्बरमा ती युवतीहरू थिए, जो विवाहपछि जागिर छोड्न तयार हुन्छन् ।
  • विवाहपछि पनि काम गर्न चाहने युवतीहरुको प्रोफाइल कमैले मन पराए ।
  • अर्को रोचक तथ्य बाहिर आएको छ । त्यो थियो तलब ।
  • काम गर्ने युवतीहरूमध्ये, जसको तलब बढी थियो, उनीहरूलाई कम पारिश्रमिकमा काम गर्ने महिलाको तुलनामा बढी मन पराइयो।
  • केटा भन्दा बढी तलब भएका केटीहरूलाई १० प्रतिशत कम मन पराइयो ।
  • केटाभन्दा कम तलब भएका केटीलाई १५ प्रतिशत बढी मन पराइएको थियो ।

यी निष्कर्षहरू पछि, दिवाले नमूना आकारको साथ अध्ययन गरिन् । यसमा फरजाना अफ्रिदी र कनिका महाजनले पनि साथ दिए र त्यसमा पनि सोही नतिजा आयो ।

निष्कर्षमा, दिवाले विवाहको समयमा जागिर गर्ने महिलाले जागिरे भएको नोक्सानी खेप्नुपरेको छ । वैवाहिक वेबसाइटहरूमा रोजगारी भएका महिलाहरूलाई कमैले मन पराउँछन् । विवाहको यो प्रवृत्तिका कारण श्रमशक्तिमा महिलाको सहभागिता प्रभावित भएको छ । त्यसकारण भारतमा काम गर्ने महिलाको संख्या कम छ ।

अहिले श्रमशक्ति सहभागिताको कुरा बाहिर आएको छ, त्यससँग सम्बन्धित तथ्यांक हेरौँ ।

हालै, भारतको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) ले श्रम शक्ति सर्वेक्षणको तथ्याङ्क सार्वजनिक गरेको थियो । उक्त सर्वेक्षणले १५ वर्ष माथिका श्रमिक जनसङ्ख्यामा महिलाको सहभागिता २८ दशमलव ७ प्रतिशत रहेको देखायो । तर पुरुषको संख्या ७३ प्रतिशत रहेको छ ।

यो तथ्य र तथ्याङ्कको कुरा भयो । अब वास्तविक जीवन उदाहरणहरूमा हेरौँ ।

बिहेको समयमा केटीको जागिर र बिहेपछि जागिर गर्ने चाहना अवश्य सोधिन्छ । धेरै परिवार शिक्षित बुहारी ल्याउन चाहन्छन् तर बिहेपछि काम गराउने पक्षमा छैनन् । आफ्नो परिवार सम्पन्न भएको तर्क गर्दै बुहारीलाई जागिरको के खाँचो छ भन्ने गरिएको छ ।

जागिर गर्ने युवतीले घर सम्हाल्न कम समय दिने भएकाले घरायसी काममा समस्या आउने पनि धेरैको सोच रहेको छ । किनभने भारतका धेरैजसो ठाउँमा महिला चुलो चौकोमा सिमित हुनुपर्छ भन्ने बुझाई छ । बुहारी काम गर्न घरबाहिर निस्किए, हातमा पैसा भएमा घरपरिवारलाई नगन्ने पनि धेरैको भनाइ छ ।

यसका पछाडि केटी आत्मनिर्भर भए हाम्रो कुरा मान्दिनन् भन्ने आम बुझाईले काम गर्दछ । आर्थिक रुपमा सक्षम भएपछि महिला आफैंले स्वंयमका लागि निर्णय लिन सक्छिन् । त्यसो हुँदा बुहारीमाथि सासु ससुराको अधिकार (नियन्त्रण) कम हुन्छ । छोरी र बुहारीलाई घरको इज्जतको नाम दिइन्छ ।

छोरीलाई काम गर्न घरबाहिर पढाउँदा परिवारको बेइज्जत भए बराबर मानिन्छ । यदि उनी बाहिर जान्छिन् भने, उनको गतिशीलता अधिक हुनेछ, अन्तरक्रिया र मानिसहरूसँग सम्पर्क बढ्नेछ। उनीहरुको सुरक्षालाई लिएर पनि प्रश्न गरिन्छ । उनीहरुलाई बाहिर केही भयो भने परिवारको इज्जत के हुन्छ रु धेरै परिवारको चिन्ता हुन्छ ।

पुरुषहरूको मामलामा, यी कारकहरूले काम गर्दैनन्।

दोस्रो पक्ष यो पनि हो कि श्रीमानको आम्दानी कम र श्रीमतीको तलब धेरै गुणा बढी भएमा घर चलाउन महिलाको काम नै आवश्यक हुन्छ भन्ने मान्यता छ । तर पनि महिलाले जागिरबाट फर्किएपछि घरायसी काम गरे हुन्थ्यो भन्ने अपेक्षा गरिन्छ । मूलतः यस अवस्थामा महिला सुनौलो (सुन) को कुखुरा हुन् ।

अर्को कारक पनि यहाँ काम गर्दछ। केटीले के गर्छे भन्ने कुराले ठूलो फरक पार्छ । शिक्षक वा बैंकको जागिर छ भने धेरैलाई समस्या हुँदैन । नौ देखि पाँच काम पनि धेरैका लागि चिन्ताको विषय होईन् । बिहान निस्कनुअघि र आएपछि महिलाले घरको हेरचाह गर्न सक्छिन् । चाडपर्वमा बिदा हुने हुँदा बालबालिका र महिलाबीच दुरी पनि कम हुन्छ । यस्तो काममा महिलालाई राति अबेरसम्म बाहिर बस्नु पर्दैन । त्यसैले सधैं भनिन्छ, यी दुई पेशा केटीहरूको लागि उत्तम छन् ।

कारणहरू धेरै छन्, तर यदि तपाईंले नजिकबाट हेर्नुभयो भने, तपाईंले थाहा पाउनुहुनेछ कि सबैको जड पितृसत्तासँग सम्बन्धित छ । जब परिवार समृद्ध हुन्छ, बुहारीलाई जागिरे बनाउनु हुदैन भन्ने तर्क गरिन्छ, तब यो बुझ्नुपर्छ कि नारी पैसाका लागि कसैको भर परेर किन बस्ने ?

काम गरेर तिम्रो हातमा कम पैसा आए पनि हातमा आएको पैसाले मुक्ति दिन्छ । कुनै पनि प्रकारको स्वतन्त्रताको लागि केटी आर्थिक रूपमा आत्मनिर्भर हुनु आवश्यक छ । उसले पैसाको लागि कसैको अगाडि हात फैलाउनु पर्दैन । जब एउटी महिला आर्थिक रूपमा आत्मनिर्भर हुन्छिन्, उनले आफ्नो बारेमा सोच्न थाल्छिन्, जसरी पुरुषले सोच्छन् ।

म घर जाउ, खाना पाकेको होस्, मेरो घर सफा होस् । म घरमा केही पल शान्तिमा बिताउन सक्छु । म आफ्नो परिवार र छोराछोरीलाई कुनै पनि तनाव बिना समय दिन सकु । यी चीजहरू एक पुरुषका लागि धेरै सामान्य छन् । तर के महिलाको यस्तो सोचले उसलाई नराम्रो बनाउँछ ? यो भेदभाव किन ?

 

सम्बन्धित खबरहरु