काठमाडौं । एलियन्स एउटा कहानी हो । धेरै मानिसहरू सोच्छन् वास्तविक दुनियाँमा कुनै एलियनहरू छैनन् ।

अर्कोतिर धेरै मानिसहरू विश्वास गर्छन् वास्तवमा एलियनहरू छन् ।

हामी पृथ्वीमा धेरै त्यस्ता मानिसहरूसँग कुरा पनि गर्छौं, जसले यस कुरामा विश्वास राख्छन् ।

बेलायतका ४५ वर्षीय ट्रक चालकले आफूलाई एलियनले सम्पर्क गरेको दाबी गरेका छन् । एलियनहरूले पृथ्वीमा भएका मानिससँग सम्पर्क गर्न आफूलाई रोजेको उनी बताउँछन् ।

उनको नाम माइकल एलेन हो, उनी आफू सानैदेखि एलियनसँग कुरा गरिरहेको बताउँछन् । धेरै पटक उनलाई एलियनले अपहरण पनि गरेको उनको विश्वास छ ।

रोचक कुरा के भने, माइकलले आफ्ना अपहरणकर्ताहरूको विस्तृत तस्वीरहरू पनि बनाउँछन् । उनले आफ्ना अनुभवबारे एक पुस्तक पनि लेखेका छन् ।

डेली स्टारको रिपोर्टका अनुसार माइकल सुरुदेखि नै एलियनहरूसँग सम्पर्कमा थिए । उनी विवाहित छन् र उनका दुई सन्तान पनि छन् ।

उनी विश्वास गर्छन् कि ८० को दशकमा उनले भुलवश एलियनहरूलाई सञ्चार गर्न आकर्षित गरेका थिए । उनी जवान छँदा उनको टाउकोमा झट्का पैदा हुन्थ्यो । उनले सोचे उनको आमा त्यहाँ छिन्, तर पछि उनले देखे कि त्यहाँ एक खैरो रंगको एलियन थियो ।

माइकलको दाबी अनुसार जब उनी जवान थिए, एक पटक एलियनहरूले उनलाई घर नजिकैको बगैंचामा बोलाए ।

ती यस्तो वन्यजन्तु थिए जुन माइकलले पहिले कहिल्यै देखेका थिएनन् । माइकल भन्छन्, ‘बिस्तारै थाहा भयो एलियन्सले मलाई आफ्नो मिशनको लागि छानेका थिए ।’ एक अमेरिकी व्यक्तिले पनि यस्तै चकित पार्ने कुरा उल्लेख गरेका थिए । जब उनी १० वर्षको बच्चा थिए, उनलाई एलियनहरूले अपहरण गरेका थिए ।

 

सम्बन्धित खबरहरु