काठमाडौं । मान्छे भन्दा जनवार धेरै वफादार रहने गरेको कुरा हामीले धेरै पटक सुनेका छौँ । यस्तै एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।

एउटा खसी बच्चा जस्तै रोइरहेको हृदयविदारक भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल फुटेज ट्विटरमा एटदरेट राम भेगनद्वारा साझा गरिएको हो ।

भिडियोमा बेच्न लागिएको खसीले मानिसजस्तै विलाप गर्दै मालिकलाई अँगालो हाल्छ । ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘बोल्न नसक्ने जनावरहरूमा पनि सोच र भावना हुन्छ ।’

अगाडि भनिएको छ, ‘मालिकबाट अलग हुँदा तिनीहरूको आत्मा दुख्छ।’ तर सन्दर्भ अस्पष्ट छ, हामी खसीलाई बेच्न लागेको भन्ने कुरालाई पुष्टि गर्न सक्दैनोँ ।

https://twitter.com/Ram_Vegan/status/1547828079036207105?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1547828079036207105%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.indy100.com%2Fviral%2Fgoat-cries-like-child

भिडियो साझा गर्दै उनले मानिसहरूलाई मांसाहारी आहारहरूमा पुनर्विचार गर्न भनेका छन् । उनले भने, ‘यदि मासु खान्छौ भने तिमी पनि यसको हिस्सा हौँ । के तिमी त्यो निर्दयी हौ ?’

उनले थपे, ‘तिनीहरू वास्तविक मानिसहरू जस्तै रोए । जब उसको मालिकलाई देख्यो, ईद उल फितरमा बेच्न ल्याइएको बोका मानिस जस्तै रुन थाल्यो । एक समय आउनेछ जब मानवले यी सबैको जवाफ दिनुपर्नेछ । प्रकृतिले हाम्रो लागि एक दिन क्रूरतापूर्वक गर्नेछ ।’

भावुक प्रतिकृया दिदैँ एकजनाले भने, ‘यो भिडियो हेरेपछि म साँच्चै रोएँ।’ अर्को भावुक प्रतिक्रियामा ‘मैले यो भिडियो धेरै पटक हेरेको छु ।

त्यसैले म आफूलाई घरपालुवा जनावरहरू जस्तै जनावरहरूसँग संलग्न गर्दिन् । यो पीडादायी बिदाइ हो ।’ भनिएको छ ।

रोयल सोसाइटीमा प्रकाशित एक अध्ययनले जनावरहरूले मानिसको अनुहारको विभिन्न अभिव्यक्तिहरू छुट्याउन सक्ने कुरा पत्ता लगाएको छ । त्यसपछि मानिसजस्तै बाख्राहरूले पनि समानुभूति महसुस गरेको देखियो ।

सामान्यतया उनीहरू खुसी अनुहारका साथ हुन्छन् । यी निष्कर्षहरूले सुझाव दिन्छ कि जनावरहरूले मानव अनुहारका संकेतहरू बुझ्ने भन्दा बृहत रूपमा मान्छेलाई पढ्न सक्छन् ।

 

सम्बन्धित खबरहरु