काठमाडौं । अहिले वर्षाको मौसम जारी छ । जसकारण सडकमा पानी जमेको हुन्छ ।

सडकमा पानी जम्मा हुँदा हिलो बन्ने गरेको छ । सवारी साधनले आवतजावतका कारण हिलो छर्किने गर्छन् ।

जसका कारण धेरै मानिसहरु हिलाम्मे हुन्छन्, बाटोमा हिड्ने यात्रीको लुगा र अनुहार फोहोर हुने गर्दछ । यस्तो अवस्थामा सडकमा हिड्ने कसैलाई पनि समस्या नहोस् भन्ने कुरा बुझेर चालकले विस्तारै गाडी चलाउनुपर्छ ।

भारतका आईएस अधिकारी अवनीश शरणले एक तस्वीर साझा गरेका छन् । तस्वीरमा बालिकाको स्कुल पोशाक र अनुहार माटोले फोहोर भएको छ ।

यो तस्वीर देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आक्रोशित भएका छन् । उक्त तस्वीर अधिकारीले आफ्नो ट्विटरमा पोस्ट गरेका हुन् । उनले क्याप्सन पनि राखेका छन् ।

क्याप्सनमा उनले लेखेका छन्, ‘बच्चाहरू विद्यालय जाँदैछन् । त्यसैले गाडी अलि ढिलो गर्नुहोस् ।’ यो तस्वीरलाई ३१ हजारभन्दा बढीले लाइक गरेका छन् । यो तस्वीरमा धेरैको कमेन्ट पनि आइरहेको छ ।

एक प्रयोगकर्ताले टिप्पणी गर्दै, लेखे, ‘त्यहाँ साँच्चै खराब मान्छे छन् । बच्चालाई यस्तो गर्नु गलत हो ।’ अर्का एक प्रयोगकर्ताले आक्रोशित हुँदै भनेका छन्, ‘जनतालाई दुःख दिएर के पाइन्छ ?’

 

सम्बन्धित खबरहरु