sher bahadurमाघ १८, कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकिकृत नेकपा माओवादी नेतृत्वको मोर्चा प्रश्नावली समितिमा नआएमा दुई तिहाई बहुमतवाट संबिधान जारी गरिने बताएका छन् । अब कुनै पनि वाहानामा संविधान निर्माण कार्य रोक्न नहुने उनको भनाइ थियो ।

कैलालीको धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले एमाओवादी सहितका दललाई सहमतिमा ल्याउन प्रधानमन्त्रीले वार्ताको पहल सुरु गरेको जनाएका छन् ।

उहाँले प्रश्नावली समिति खारेज हुन नसक्ने भन्दै एमाओवादी लगायतका विपक्षी मोर्चालाई सहमतिमा ल्याउने काम भइरहेको बताए ।

सम्बन्धित खबरहरु