काठमाडौं । मध्यमार्गी भुमिकाको राजनीति गरिरहेका एमाले नेता माधबकुमार नेपालले अन्तर्राष्ट्रिय स्तरको सम्मान पाएका छन् ।
उनलाई ‘लिडरशिप एण्ड गुड गभर्नेन्स अवार्ड’ दिइएको हो । युनिभर्सल पिस फाउन्डेसनको फिलिपिन्समा जारी सम्मेलनमा नेता नेपाललाई सम्मान गरिएको हो ।
सम्मानीत हुँदै नेता नेपालले एसिया प्यासिफिक क्षेत्रको दिगो शान्ति र विकासकालागि सबै एक हुनुपर्ने बताए ।
नेता नेपालले नेपालको संक्रमणकाल लगभग अन्तिम चरणमा पुगेको बताउँदै अव नेपाल विकासको बाटोमा हिड्न लागेको बताएका थिए ।