काठमाडौं । तराईको प्रचण्ड गर्मीमा बिना वस्त्र नांगो शरिरमा बजारमा हिडने एक मनोरोगी महिलालाई मानव सेवा आश्रमको धनुषा शाखाले उद्धार गरेको छ ।

आइतबार दिउँसो ११ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ रामचोक र मुरलीचोकको बीचमा पर्ने नेपाल राष्ट्र बैँक अगाडीबाट महिलालाई उद्धार गरिएको हो ।

मनोरोगबाट ग्रसित महिला आगोको मुस्लो झैँ प्रचण्ड गर्मीमा निरवस्त्र घुमिरहेको खवर पाए लगत्तै उहाँलाई उद्धारको लागि मानवसेवा आश्रमको उद्धार टोलीले उद्धार गरेर लगेको छ ।

मनोरोगबाट ग्रसित भएकी ती महिलालाई उनकै सन्तानहरुले घरबाट खेदेपछि भएको दुर्दशापछि मानवसेवा आश्रमले आश्रय दिएको हो । निरवस्त्र रहेकी सो महिलालाई सडकमै आश्रमका सेवकहरुले वस्त्र लगाइदिएका थिए ।

उहाँ सो वस्त्र पुनः फुकाल्न लाग्दा उहाँलाई अटोरिक्सामा बसाएर मानव सेवा आश्रममा लगेर उद्धार गरिएको हो । मनोरोगको कारण जोखिमपूर्ण जीवन व्यतित गरिरहनुभएकी महिलालाई मानव सेवा आश्रमले नयाँ जीवन दिने विश्वास लिइएको छ ।

सडकमा बेबारिसे भएका मानिसहरुलाई मानव सेवा आश्रमले आश्रय दिँदै आएको छ ।

सम्बन्धित खबरहरु