सिड्नी । चर्चित नेपाली कलाकारहरुको प्रस्तुती रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ ।

अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुती जारी छ ।

केबीसी अस्ट्रेलियाको आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा भएको छ ।

आज गायिका रचना रिमाल तास्मानियामा पुगेकी छिन् । रचनाले त्यहाँ गएर १८ मिनेट ८ सेकेण्ड लाईभ बोलेकी छिन् । उनले लाईभमा चुईगम चपाई रहेकी हुन्छिन् ।

उनको साथमा आयोगक चिरञ्जिवी देवकोटापनि देखिन्छन् । लाईभमा उनलाई मेकअप नगरेको, काली देखिएको कमेण्ट आइरहेको थियो । उनले आफू मेकअप नगर्ने काहिलेकाही मात्र कार्यक्रममा गर्ने गरेको बताइन् ।

लाईभमा नै नेपाल भन्दा राम्रो त छैन है अस्ट्रेलिया भनेर कमेण्ट गरियो । उनले आफ्नो देशजस्तो कुनैपनि देश नहुँने बताइन् ।

रचनाको अस्ट्रेलिया भ्रमण यो पहिलो पटक हो । आज उनी होबाट जाने बताएकी छिन् । उनले बेलाबेला गीत गाएकी थिइन् । चुइगम चपाईरहेकी उनले त्यहाँ थुक्न नपाउने बताइन् ।

अब ब्रिसबेनमा ३० जुलाई अर्थात् शनिबार कार्यक्रम हुने भएको छ । क्वीन्सल्याण्ड नेप्लिज कम्युनिटी सेन्टरको सहयोगार्थ हुन लागेको कार्यक्रममा तीजका भाका, नेपाली मौलिक लोकदोहोरीको धुनका साथै नेपाली संगीतको आधुनिक आवाज समेत गुञ्जिने आयोजक केबीसी अस्ट्रेलियाले जनाएको छ ।

अगस्ट १ मा मेलबर्नमा कार्यक्रम हुनेछ भने अगस्ट ५ मा राजधानी क्यानबेरामा कलाकारहरुले प्रस्तुती दिनेछन् ।

अगस्ट ६ का दिन अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा ‘तीज मेला विथ कमेडी नाइट्स’ नाममा कार्यक्रम हुनेछ । फन्टाष्टिक इभेन्ट सिड्नीको आयोजनामा यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ ।

यसपछि अगस्ट ८ मा एडिलेडमा तीज धमाका २०७९ गरिनेछ । जसलाई गिरिश इभेन्टसले संयोजन गरेको छ । डोमपोलिस्कि सेन्टरमा हुने कार्यक्रमसँगै धमाका २०७९ अस्ट्रेलिया टुर सम्पन्न हुनेछ ।

सम्बन्धित खबरहरु