काठमाडौं । अष्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार अष्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्ली समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।

कार्यक्रममा गर्भनर जनलर हर्लीले नेपाल र अष्ट्रेलियाबीच दुई देशको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

कार्यक्रममा नवनियुक्त राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाउनुभएको थियो ।

कार्यक्रममा नेपाली दूतावासका प्रथम सचिव कुल बहादुर मगर लगायतको उपस्थिति थियो।

ओहदाका प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा राजदूत पोखरेलले दुई देश बीचको आपसी सम्वन्ध र मित्रता थप प्रगाढ हुने विश्वास ब्यक्त गर्नुभयो ।

तत्कालीन केपी शर्मा ओली सरकारको पालामा कार्यकालको बीचमै पूर्व राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएपछि अस्ट्रेलियाको दूतावास लामो समयसम्म राजदूतबिहिन थियो।

यस बीचमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नेकपा ‘एकीकृत समाजवादी’ को तर्फबाट कैलाशलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेको हो।

नेपाल सरकारको तर्फबाट राजदूत नियुक्ति भए लगत्तै पोखरेल करिब एक साताअघि अस्ट्रेलिया पुग्नुभएको थियो ।

राजदूत कैलाशराज पोखरेल माधव नेपालका बहिनी ज्वाईं

राजदूत कैलाशराज पोखरेल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाईं हुनुहुन्छ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई अष्ट्रेलियाको राजदूतमा नियुक्त गर्नुभएको हो

। राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कैलाशराज पोखरेललाई अष्ट्रेलियाको राजदूतमा नियुक्त गर्नुभएको हो ।

उहाँसँगै इजरायलका लागि नेपाली राजदूतमा कान्ता रिजाललाई पनि नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

उहाँहरु क्याबिनेटको सिफारिस, संसदीय समितिको सुनुवाई र सिफारिसपछि सम्बन्धित देशको निम्ति राजदूत नियुक्त हुनुभएको हो ।

सम्बन्धित खबरहरु