काठमाडौं । अहिले टिकटकमा नक्कली बालेन साह भाइरल बनिरहनुभएको छ ।,

'उहाँ काठमाडौं महानगरपालिकाको मेयर बालेन (बालेन्द्र) साह हैन । तर टिकटकमा बालेन साह नै भनेर चर्चामा पुग्नुभएको छ ।,

उहाँ तर नेपाल सरकारको निजामती सेवामा कार्यरत सुनिल रिजाल हो । तर उहाँ बालेन नै हो, भनेर टिकटक प्रयोगकर्ताहरु झुक्किएर भाइरल भइरहनुभएको छ ।

उहाँको शरीरको आकार, बनोट र अनुहार केही हदसम्म मिल्छ । त्यही मौका छोपेर उहाँले बालेनकै जस्तो कपडा, बालेनकै जस्तो चस्मा लगाउने गरेको र बालेनकै जस्तो हिड्ने गरेको देखिन्छ ।

संयोग यस्तो देखियो की सरकारी सेवामा कार्यरत भएकाले सरकारी उच्च निकायमा पुग्ने, उच्च अधिकारीहरुसँग बैठक गर्न सक्ने पहुँच सुनिलसँगपनि भयो । जहाँ भेट्न पुग्नुहुन्छ उहाँलेपनि भिडियो बनाईहाल्न थाल्नुभयो ।

अनि यति हाईप्रोफाईल पक्कै नक्कली हुन सक्दैन, उहाँ बालने साह नै हो भनेर मानिसहरु झुक्किए । फेरी बालेन साहले चुनावी प्रचारदेखि अहिलेसम्म कहिलेकाही मात्र चस्मा खोलेको देखियो नत्र जहिलै कालो चस्मा लगाउँनुभयो ।

मानिसले हुबहु जस्तो देखिएपनि आँखाको आकार, बनावट र रंगका आधारमा छुट्याउँछन् । बालेनले आँखा नै नदेखाएका कारण त्यसको फाईदा सुनिलले लिनुभयो ।

भौतिक योजना मन्त्रालयका कर्मचारी भएका कारण उहाँले विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखसँग बैठक गरेको देखिन्छ । त्यो भिडियो उहाँले सामाजिक सञ्जाल टिकटकमा अपलोड गर्ने गरेको देखिन्छ ।

त्यो भिडियो बालेनको नै हो, भनेर प्रयोगकर्ताहरु झुम्मिएको देखिन्छ । अहिले उहाँको टिकटकमा ११६.६ फलोअर्स आइसकेको छ ।

२.९ एम लाईक छ । उहाँले बाटोमा हिड्दा बालेन नै हो, भनेर भिडियो, फोटो खिच्न आउँनेहरुको भीड लाग्नेगरेको बताउँनुभयो ।

केहीले बालेन हैन भन्दापनि नपत्याएको र केहीले बालेनलाई भेट्ने पहुँच नभएका कारण तपाईसँग भएपनि तस्वीर, भिडियो खिचेर चित्त बुझाउँछौ भन्ने गरेको बताउँनुभयो । अहिले उहाँलाई डुब्लिकेट (नक्कली) बालेन भनेर मानिसहरुले प्रतिक्रिया दिने गरेको देखिन्छ ।

केही दिन अघि गरिबी निवारण कार्यक्रमबारे नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भनेर रिजालले भिडियो टिकटकमा हाल्नुभएको थियो । त्यो भिडियो १.२ एम ले हेरिसकेका छन् ।

सुरुमा मानिसहरुले बालेन साह नै भनेका छन् । केहीले चिनेपछि लौ बालेन त हैन रहेछन् : यतिबेला पो खुल्यो रहस्य ! डुब्लिकेट पो परेछन् !! भन्दै कमेण्ट गरेका छन् । केही नेपाल मिडियाले समेत बालेनको प्रचण्डसँग भेटवार्ता भनेर सुनिलको तस्वीर समेत अपलोड गरेको पाइयो । संयोग यस्तो थियो कि त्यही समय आसपास बालेनलेपनि प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु