विगतभन्दा नतिजा हेर्न मिल्ने व्यवस्थाहरु हेरफेर भएका छन् । सबैको जानकारीका लागि आफूले हेरिसकेपछि साझा गर्न नभुल्नुहोला !!

काठमाडौं, बीबीसी । गत वैशाख महिनामा लिइएको कक्षा १० को बोर्ड परीक्षा (एसईई ) को नतिजा प्रकाशित हुने एकिन भएको छ । एक-दुई दिनमै प्रकाशन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ।

अहिले परीक्षाफलको अन्तिम रुजु गर्ने काम भइरहेकाले आजभोलि नै नतिजा आउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बीबीसीलाई बताएका छन्।

“अब एक दिनजति धैर्य गर्नुपर्ला,” मङ्गलवार बिहान उनले भने। यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिएका थिए।

दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा
परीक्षा दिने छात्रा र छात्रको सङ्ख्या लगभग बराबर रहेको शर्माले बताए। “विद्यार्थीका यकिन सङ्ख्या र कतिजना परीक्षामा गयल भए भन्ने जस्ता विवरण मङ्गलवारसम्म स्पष्ट हुन्छ।”

यो वर्षको एसईईमा कति विद्यार्थी?

  • कुल परीक्षार्थी : ५.१४ लाख
  • परीक्षा केन्द्र : २,००० +
  • छात्रा : २,५७,९२४
  • छात्र : २,५७,०५३

अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो। यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए। देशभरिका करिब २,००० परीक्षा केन्द्रहरूबाट वैशाख ९ देखि २० गतेसम्म परीक्षा लिइएको थियो।

कसरी हेर्ने परीक्षाफल?
एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।

वेबसाइटहरूः

  • राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय www.see.gov.np
  • राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov.np
  • नेपाल टेलिकम www.see.ntc.net.np
  • कान्तिपुर पब्लिकेशन results.ekantipur.com
  • एडु सञ्जाल www.see.edusanjal.com
  • स्प्यारो पे www.khalti.com
  • नीमा एडुकेशन फाउण्डेशन www.neemaacademy.com
  • द कनेक्ट प्लस www.theconnectplus.com
  • रीडर्स पोइन्ट www.admissionnepal.com
  • एसएमएस (SMS) र आईभीआर (IVR):

एसएमएस सेवाअन्तर्गत विद्यार्थीले आफ्नो सिम्बल नम्बर निम्न शर्टकोड नम्बरमा पठाएर नतिजा हेर्न सक्छन्।

  • नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने शर्टकोड – १६००
  • जानकी टेक्नोलोजी (SMS) प्रयोग हुने सर्टकोड – ३५००१
  • इजी सर्भिस (SMS) प्रयोग हुने सर्टकोड – ३४९४९
  • आकाश टेक (SMS) प्रयोग हुने सर्टकोड – ३१००३

१२ कक्षाको परीक्षाफल कहिले?
एसईईको नतिजा प्रकाशन भएलगत्तै बोर्डले १२ कक्षाको परीक्षाफल पनि प्रकाशन गर्ने तयारी गरिरहेको जनाइएको छ।

“कक्षा १२ को उत्तरपुस्तिका परीक्षण र संपरीक्षण हुने कुरा समानान्तर रूपमा भइरहेको छ,” बोर्डका अध्यक्ष महाश्रम शर्माले भने। एसईईको नतिजापश्चात् करिब एक-डेढ महिनामा १२ कक्षाको परीक्षाफल आउन सक्ने उनले बताए।

सम्बन्धित खबरहरु