रौतहट । रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ सय ९२ के.जी. गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा रहेको बगैचामा पार्किङ्ग गरि राखेको डीएल ४ सीएनबी ६२२९ नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ । बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाईएको छ ।

लाखौ मुल्यको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव २ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

यसैगरी महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका २ स्थित टेङ्गरबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।

ज १ ह ५१०३ नम्बरको अटोमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी पोखरभिण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त अटो समेत बरामद गरिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले साउन १ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले साउन २ गते करीब १ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा ईलाम जिल्लाको सूर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट खटिएको सशस्त्र प्रहरीले साउन २ गते रौतहट जिल्लाको गरुडा नगरपालिका १ जयनगरबाट करीब १ लाख ३ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।

बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

सम्बन्धित खबरहरु