दार्जुला । महाकाली नगरपालिका-८ अशिगडास्थित सडकबाट १ किलो ६ सय ग्राम अवैध जडीबुटी यार्सागुम्बा र १ थान कस्तुरीको विना जस्तो देखिने वस्तु सहित ब्याँस गाँउपालिका-४ सुनसेरा बस्ने ३३ वर्षीय कम्मान सिंह बिष्टलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दार्चुलाबाट महेन्द्रनगरतर्फ गईरहेको ना. ७ ख ६३७२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाई राखेको उक्त यार्सागुम्बा र वस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद उक्त यार्सागुम्बा र वस्तु सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय दार्चुलामा बुझाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ बस्ने भोजपुर खार्ताम्छाकी ४३ वर्षीया गिता गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत चितवनको २०७७ माघ १२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

 

सम्बन्धित खबरहरु