politician-prachanda-giving-speechकाठमाडौं । संविधानका विवादीत विषयमा प्रश्नावली बनाउने प्रस्ताव समितिले काम थालेसँगै एकीकृत नेकपा माओवादी र उस्को अध्यक्ष पुष्पकमल दाहाललाई पर्नु पीर परेको छ ।

अध्यक्ष प्रचण्डले आफुहरुको बिरोध रहेसम्म प्रस्ताव समितिले काम नगर्ने अनुमान लगाएका थिए । तर, अनुमान विपरित काम हुन थालेपछि एमाओवादी आन्तरीक रणनीतिमा लागेको छ ।

आज उस्को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठकमा सत्तारुढ दलले थालेको प्रश्नावली निर्माणपछिको अवस्था र आफूहरुको माग र पार्टीको भूमिका, आफूहरुले थालेको आन्दोलन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

सत्तारुढ दलहरुसँग संविधान जारी गर्न आवश्यक दुई तिहाई मत रहेकाले पनि थप रणनीति बनाएर दुई तिहाईले संविधान बन्न नदिने तयारी पनि एमाओवादीको छ ।

सम्बन्धित खबरहरु