काठमाडौं । सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरेको थियो ।

इम्बोस्ड नम्बर नराख्नेलाई जेल हाल्ने, सवारी जफत गर्ने र जरिवाना समेत तिराउने नियम बनाउँदै राजपत्रमा समेत सार्वजनिक सूचना जारी गरिएको थियो । तर नागरिकले यसलाई अवज्ञा गरे ।

सडकमा विरोध मात्र हैन । नम्बर प्लेट नै परिवर्तन गरेर शान्तिपूर्ण अवज्ञा समेत गरे ।

यसपछि सरकार बाध्य भएर सवारी साधनहरूको व्यवस्थापन गर्न सरकारले लाग गरेको डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोगको सट्टा देवनागरीमै राख्ने तयारी अघि बढेको छ ।

इम्बोस्ड नम्बर प्लेटको विषयमा सडकदेखि सदनसम्म विरोध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देवनागरीमा प्लेट राख्ने तयारी अघि बढाएको हो ।

नेपाली मौलिकता भल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारीअनुसार मन्त्रालयले सहमतिका लागि कानून मन्त्रालयलाई लिखित पत्र पठाएको छ।

कानून मन्त्रालयले अनुसूची हेरफेर गरेपछि मन्त्रीपरिषद्मा लैजाने कानून बाटो खुल्ने मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले बताउनुभयो ।

नम्बरप्लेट देवनागरी वा अंगेजी र देवनागरी दुवै लिपि राख्ने कानूनी व्यवस्था गर्न लागिएको बताउँदै उहाँले यसका लागि यसअघि इम्बोस्ड नम्बर प्लेटको ठेक्का पाएको कम्पनी डेकाटोर टाइगरसँग पनि कुराकानी हुने बताउनुभयो ।

सम्बन्धित खबरहरु