काठमाडौं । नेपाली बजारमा सुनको मूलय लगातार ओरालो लागिरहेको छ ।

हिजो घटेको सुनको मूल्य आज पनि मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासं‌घका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

हिजोपनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो ।

हिजो छापावाल सुन प्रतितोला २ सयले घटेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार कायम गरिएको छ । त्यसैगरी तेजावी सुनको मूल्य हिजो प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेको थियो । आज ९३ हजार ५ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि हिजो ५ रुपैयाँ घटेको थियो । हिजो चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर १ हजार १ सय ५० रुपैयाँ कायम गरिएको थियो । आजभने चाँदीको मूल्य बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । हिजोको तुलनामा आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

सम्बन्धित खबरहरु