काठमाडौं । चीनले छ वटा नयाँ उपग्रह प्रक्षेपण गरेको छ । यहाँस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट ती उपग्रह आज अन्तरिक्षमा पठाइएको हो ।

अन्तरिक्ष प्रविधि परीक्षण उपग्रह र वायुमण्डलीय घनत्व जाँच गर्ने नयाँ परीक्षण उपग्रहसहित ती उपग्रह प्रक्षेपण गरिएको तथा तिनले सफलतापूर्वक कक्षमा प्रवेश गरेका छन् । यससँगै चिनियाँ विज्ञान प्रतिष्ठानले स्वतन्त्ररूपमा विकास गरेको लिजियान–१ को उपग्रह प्रक्षेपणको लक्ष्य हासिल भएको छ ।

यो पनि, नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा काङ्ग्रेस नेत्री एवम् अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण,विदेशी मुद्रा कारोबार, कर छलिलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले आज पनि सोधपुछ गरेको छ ।

इडीले तेस्रो चरणको बयानका निम्ति नेत्री गान्धीलाई बोलाएपछि उनी आफ्नी छोरी प्रियङ्का गान्धीका साथ इडीमा उपस्थित भएकी थिइन् । इडीका अधिकारीले ७५ वर्षीया गान्धीलाई मङ्गलबार छ घण्टाभन्दा बढी समय बयान लिएका थिए । नेसनल हेराल्ड अखबार र अनुसन्धानमा रहेको कम्पनी यङ्ग इन्डियन प्रालिमा उनको संलग्नताका बारेमा ३० वटा प्रश्नको जवाफ मागिएको थियो ।

यसैबीच, काङ्ग्रेस कार्यकर्ताले नेत्री गान्धीमाथि गरेको सोधपुछको विरोधमा प्रदर्शन गरेका छन् । राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले देशमा इडीको आतङ्क फैलिएको टिप्पणी गर्दै सर्वोच्च अदालतबाट समयमै निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।

काङ्ग्रेस कार्यकर्ताले इडीको पार्टीको अन्तरिम अध्यक्षको ईडीको सोधपुछको विरोध गर्दै मुम्बईको बोरिवली रेलवे स्टेशनमा रेल रोक्न प्रयास गरेका छन् । इडीले शक्तिको दुरूपयोग गरी विपक्षी दलकी नेत्री गान्धीलाई दुःख दिएकामा काङ्ग्रेसका कार्यकर्ताले देशव्यापीरूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित खबरहरु