Baidhकाठमाडौं । पछिल्लो राजनीतिक अवस्था र पार्टी विभाजनको पीडामा परेको नेकपा–माओवादी आन्तरिक बैठकमा व्यस्त हुने भएको छ ।

नेकपा–माओवादीको पोलिटब्यूरो बैठक बस्ने भएको छ भने आजै दिउँसो केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

बैठकमा पार्टीबाट चन्द समूह फुटेर गएपछिको आन्तरिक संरचना र जिम्मेवारी बाँडफाँट तथा मुख्य रुपमा पार्टीले गर्ने संघर्ष र त्यसको रणनीतिका बारेमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

चन्द पक्ष विभाजन भएपछि एकसय ५१ सदस्यीय केन्द्रीय समितिमा झण्डै एकतिहाइ पद खाली रहेकाले त्यो पद पूर्तिको तयारी पनि माओवादीले गर्न लागेको जनाएको छ ।

पोलिटब्युरो बैठक पार्टी कार्यालय बुद्धनगरमा बस्ने भएको छ भने पोलिटब्युरो सकिएपछि कुपन्डोलस्थि नेवा राज्य समितिको कार्यालयमा १ बजे केन्द्रीय समितिको बैठक बस्ने पनि प्रवक्ता भुसालले बताइन् ।

सम्बन्धित खबरहरु