काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो संख्यामा स्वंयमसेवक मागेको छ ।

पूर्व सञ्चारकर्मी समेत रहनु भएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो संख्यामा स्वंयमसेवक माग गरेको हो ।

जारी विज्ञापन अनुसार पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग गरिएको हो ।

काम गर्ने समय बिहान १० देखि साँझ ६ बजेसम्म रहेको छ । कार्यअवधि २ महिनामात्रै रहने स्पष्ट पारिएको छ ।

जनसम्पर्क डेस्कका लागि ८ जना चाहिएको छ । कम्प्युटर अपरेटर १० जना माग गरिएको छ, जसको काम गर्ने समय १० देखि ५ बजेसम्म तोकिएको छ । सामाजिक सञ्जालका लागि २० जना माग गरिएको छ । उनीहरुको काम गर्ने समय पनि १० बजेदेखि ५ बजेसम्म तोकिएको छ ।

सम्बन्धित खबरहरु