काठमाडौं । डोनाल्ड लु अहिले अमेरिकी सहायक विदेशमन्त्री हुन् । उनी चिनियाँ मुल निवासी हुन् ।

लुको जन्म अमेरिकाको हन्टिङटन बिच, क्यालिफोर्नियामा भएको थियो । उनी ३० वर्षभन्दा बढी अमेरिकी सरकारी सेवामा कार्यरत रहे ।

उनी विदेश सेवाका अत्यन्तै निपूर्ण र उच्च अधिकारी हुन्। उनी दक्षिण एसियाका लागि अत्यन्तै जानकार अधिकारी हुन् ।

बाजेहरुको भूमि चीन र नेपालका लागि घात गर्न उनले आफूसँग भएको कुटिलता प्रयोग गरिरहेका छन् । त्यो अमेरिकालाई फाइदा त होला तर मानव समुदायका लागि हित हुने कुटनीति उनले चालेका छैनन् ।

उनले नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गराउन विशेष भूमिका खेले जुन अहिलेपनि जनस्तरमा विवादित छ ।

नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विरुद्ध चौतर्फी दबाब सिर्जना भइरहेका बेला यही पार लगाउँन उनी नेपाल आउँने आँकलन गरिएको छ ।

नेपाल सरकारले एसपीपी स्वीकार नगर्ने औपचारिक निर्णय गरिसक्दा समेत निर्णयको जानकारी अमेरिका पठाउँन रोकेर उनी कुटनीतिक पहलका लागि नेपाल आउँदैछन् ।

उनले सन् २०१० देखि २०१३ सम्म भारतमा मिसनका उपप्रमुखका रूपमा काम गरेका छन् । यसैले भारतबाटपनि नेपालका लागि उनले राजनीतिक र कुटनीतिक वातावरण तयार गराइरहेका छन् ।

तर नेपालले एसपीपी स्वीकार गरे आफ्नो देशलाईपनि ठूलो असर पर्ने भन्दै चीनले सहमति नगर्न भनेको छ । एसपीपीमा नेपालका उच्च भागमा अमेरिका र नेपाली सेनाको संयुक्त अभ्यास हुने भनिएको छ ।

यसले चीनलाई असर पर्ने भन्दै चीनले बाध्यकारी कदम चाल्न सक्ने चेतवानी दिएको छ । यस्तो अवस्थामा अमेरिकाकै खेलबा रुस र युक्रेनबीच बढेको तनाव र युद्ध जस्तो नेपालमापनि हुने हो कि भन्ने आशंका गरिएको छ ।

अहिले दक्षिण र मध्य एशियाका लागि सहायक विदेश मन्त्रीको रूपमा, लु यस क्षेत्रमा केन्द्रित राज्य विभागमा शीर्ष अमेरिकी कूटनीतिज्ञ हुन्।

किर्गिजस्तान र अल्बानियाका लागि पूर्व अमेरिकी राजदूत रहेका उनले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमा दुई छुट्टाछुट्टै अवसरमा पनि काम गरिसकेका छन्।

लु गत वर्ष सेप्टेम्बरमा दक्षिण र मध्य एसियाली मामिलाका लागि राज्यको सहायक सचिव बनेका थिए। यसअघि, उनले सन् २०१८ देखि २०२१ सम्म किर्गिजस्तान र २०१५ देखि २०१८ सम्म अल्बानियाका लागि अमेरिकी राजदूतको रूपमा काम गरेका थिए। अल्बानियामा पोस्टिङ गर्नुअघि लुले पश्चिम अफ्रिकाको इबोला संकटमा राज्य विभागमा इबोला प्रतिक्रियाका लागि उप-संयोजकको रूपमा काम गरेका थिए। ।

आफ्नो करियरको सुरुमा, उनी मध्य एशिया र दक्षिण काकेशस मामिलाको कार्यालयमा उपनिर्देशक, युरोपेली मामिलाको ब्यूरो प्रमुख, नयाँ दिल्लीमा राजनीतिक अधिकारी, नयाँ दिल्लीमा राजदूतको विशेष सहायकको रूपमा नियुक्त भएका थिए।

सम्बन्धित खबरहरु