काठमाडौं । चर्चित पत्रकार खेम भण्डारीले रवि लामिछानेविरुद्ध निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले संघीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक समेत रहनु भएका लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने बताउनु भएको हो ।

रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन मिडियाको दुरुपयोग गरेको उहाँको आरोप छ ।

पुडासैनी प्रकरणमा लामिछानेले सफाइ पाउनु पनि यहि कारण भएको उहाँको बुझाई छ । मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने क्रिमिनल ल कहाँ छ ? भनेर प्रश्न पनि गर्नुभयो ।

विगतमा समेत निर्मलाको हत्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आउनु भएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप लगाउँदै आउनु भएको थियो । उहाँहरुबीच यसबीच निर्मलाका विषयमा लामो टेलिभिजन बहस पनि भएको थियो । भण्डारीको फेसबुक स्टाटस हेर्नुहोस्

अन्ततः रवि लामिछानेबिरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो !
नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ ।
मेरो मुद्दा रहनेछ :

  • १- निर्मला प्रकरणमा मैले ९ जना निर्दोस बचाएँ । र, अहिले पनि म VVIP नै निर्मलाको बलात्कारी हत्यारा हो भन्नेमा ढुक्क छु । राज्य नै षडयन्त्रकारी भूमिकामा छ । कम्युनिस्टहरु मन्त्री (गृह)को छोरा बचाउन लागे । सत्तामा हुँदा करोडौं खर्च गरे छोरो बचाउन ।
  • २- नेपालका ठूला मिडियाका क्राइम हेर्ने पत्रकार बेचिए । उनिहरु कुहिरोमा हराएका काग जस्ता भएका छन् ।
  • ३- नेपाल प्रहरी नेताको दास हो । अरु के भन्ने ?
  • ४- रवि लामिछाने जस्ता कथित पत्रकार खेम भण्डारीलाई defame गर्ने र ८ प्रहरीलाई उन्मुक्ती दिलाउने काममा सीमीत भए । उनीहरुले ८ प्रहरीले सफाइ पाएपछि प्रकरण नै बिर्सिए
  • ५- रविले शंकास्पद ८ प्रहरीका पक्षमा media trial चलाए र तिनले उन्मुक्ति पाएपछि चुप लागे । जब कि म अहिलेसम्म निर्दोश बचाउने कोसिसमा छु ।
  • ६- रविले कहिल्यै ओली सरकारले करोडौं खर्च गरेर issue divert गरेको कुरा गरेनन । उनले होटेल ओपेराको नाम जिब्रोबाट कहिल्यै बोलेनन । यसैबाट थाह हुन्छ उनको निर्मला प्रकरण बारेको नियत ।
  • ८- रविले खेम भण्डारीलाई बदनाम गर्न मात्रै आफ्नो उर्जा सके । हत्याराबारे उनले कहिल्यै बहस चलाएनन । मानसिक रोगी दिलिप बिस्टलाई खेम भण्डारीको सालो स्थापित गराए तर दिलिप नै अपराधी हो भन्ने उनको दावी त्यसदिन सकियो जुन दिन अंगुर जीसी लगायतका प्रहरीले सफाइ पाए ।
  • ९- एक अवोध चेलीको बलात्कारपछी हत्या बारेमा उनले स्थलगत आउँदा एउटा र एक वर्षपछि काठमाडौंको स्टुडियोमा अर्कै बोले । आफ्नो स्थलगत रिपोर्टको कमजोरी कहिल्यै स्वीकारेनन ।
  • १०- मेरो दावी छ – रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन news24 को दुरुपयोग गरे । पुडासैनी प्रकरणमा उनले सफाइ पाउनु पनि यहि कारण हो । होइन भने, मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने criminal law कहाँ छ ?
    रवि लामिछाने जस्ता पाखण्डीलाई अब चुनाउको मैदानमैं नांगेझार गर्नुपर्छ । म आउंदैछु जुनसुकै निर्वाचन क्षेत्रमा उसले लडे पनि ।
    एक नावालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरु र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने !
    त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ । निर्मलाको न्यायका लागि कामना गर्ने नेपाल र संसारभरीका न्यायप्रेमी मेरो समर्थनमा त्यहाँ आउने छन ।

सम्बन्धित खबरहरु