काठमाडौं । मोरक्कोका राजा मोहम्मद छैठौंले सिंहासन आरोहण गरेको दिन पारेर एक हजार ७६९ कैदीको सजायलाई मिनाह गरेका समाचार संस्था मोरक्को एसोसिएट प्रेस (एमएपी)ले शनिबार जनाएको छ ।

एमएपीका अनुसार आधाभन्दा बढी जेल सजाय पूरा गरेका र आचरण सुधार भएको देखिएका संविधानले गरेकोे व्यवस्था अनुसार सरकारको सिफारिसमा एक हजार ७६९ जनाको कैद मिनाह गर्न सिफारिसमा गरेका हुन् ।

राजगद्दी आरोहण भएको २३ औं वार्षिकोत्सव मनाउन आयोजित एक समारोहमा उक्त कैँदमाफीको घोषणा गरिएको हो ।

राजा मोहम्मद छैठौंले शनिबार साँझ राष्ट्रका नाममा सम्बोधन गरी कोभिड–१९ महामारीका कारण सबै राजगद्दी आरोहण दिवसका अवसरमा हुने भनिएका गतिविधि, उत्सव र समारोह स्थगित गरिने जानकारी दिने पनि एमएपीले दरबार स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।

सम्बन्धित खबरहरु