काठमाडौं । श्रीलङ्काको प्रहरीले शनिबार ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमध्ये धेरैजसो मदिरा सेवन गरी ग्यास पसलको सुरक्षामा खटिएका प्रहरीको काममा अवरोध पु¥याउने प्रयास गरेकाहरू रहेको प्रहरीले जनाएको छ ।

सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले जुनको अन्त्यमा खुद्रा तेल वितरण बन्द गरी जुलाईको मध्यमा मात्र पुन: शुरु गरेको थियो।

ऊर्जामन्त्री कञ्चना विजेसेखेराले यस हप्ताको शुरुमा ग्यास स्टेशनहरूले राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली अगस्टदेखि मात्र स्वीकार गर्ने बताउनुभएको थियो ।

विदेशी मुद्राको सञ्चिति अभावका कारण श्रीलङ्काले फेब्रुअरी २०२२ देखि इन्धन अभावको सामना गरिरहेको छ।

भारतमा कोरोना सङ्क्रमणमा पुनः बृद्धि
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार एक सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

देशमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ४० लाख ६७ हजार एक सय ४४ पुगेको छ । गत दुई दिनयता घटेको जस्तो देखिएको कोरोना सङ्क्रमित बुधबार प्रकाशित तथ्याङ्कअनुसार पुनः बृद्धि भएको देखिएको छ ।

देशभर एक लाख ३७ हजार ५७ जना सक्रिय सङ्क्रमित छन् । यसैगरी १९ हजार आठ सय २३ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३४ लाख ८३ तीन हजार छ सय १० पुगेको छ ।

हिजो २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार चार सय ७७ जनाको मृत्यु भएको छ ।

महामारी सुरु भएयता ८७ करोड ७६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब चार करोड ८४ लाख ३० हजार सात सय ३२ मात्रा खोप लगाइएको छ ।

सम्बन्धित खबरहरु