काठमाडौं । खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो ।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिनुभयो ।

केन्द्रका बरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो ।

खोटाङ लगायत देशभर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।

स्थानीयतह र अन्य सुरक्षा निकायसँग समन्व्य गर्दा क्षतिको विवरण खासै आइ नपुगेको र टेलिफोन विजुली सुचारु अवस्थामा रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्या प्रसाद सेडाईले जानकारी दिनुभयो ।

साता दिनदेखि लगातार पानी परेकाले राजमार्गहरु अवरुद्ध हुने सम्भावना बढी रहेकाले विपत् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु