काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा भएको सडक दुर्घटनामा चार यात्रुको मृत्यु भएको छ भने अन्य दश जना घाइते भएका छन् ।

शोल्गारा जिल्लालाई बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफ सहर जोड्ने सडकमा शनिबार राति दुईवटा कार एकआपसमा ठोक्किँदा महिला र बालबालिकासहित चार यात्रीको घटनास्थलमै मृत्यु भएको प्रान्तीय प्रहरील जनाएको छ ।

चालकको लापरवाही र सडकको दुरावस्थाका कारण अफगानिस्थानमा प्रायः सधै सवारी दुर्घटना हुने गरेका छन् । गत मङ्गलबार देशको पश्चिमी प्रान्त बाघिसमा यस्तै प्रकृतिको दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबरहरु