काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराउनुभएको हो ।

आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

उक्त समारोहमा उपपारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटासहित संवैधानिक अगंका प्रमुखको उपस्थिति रहेको थियो ।

यसअघि उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा राजीनामा दिनुभयो ।

त्यसपछि संसदीय छानबिन समिति गठन भएको थियो । संसदीय समितिले शर्मामाथि लागेको आरोप पुष्टि गर्न नसकेपछि उहाँ पुन: अर्थमन्त्री बन्नु भएको छ ।

सम्बन्धित खबरहरु