काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुनर्बहाली लगत्तै महत्वकांक्षी निर्णय लिनुभएको छ ।

उहाँले पहिलो निर्णय नै निक्षेप बीमाको सीमा बढाएर ५ लाख पुर्‍याउने गर्नुभयो ।

अर्थमन्त्रीमा पुर्नबहाली भएपछि मन्त्री शर्माले बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गर्नुभएको हो ।

बजेटमा अनाधिकृत व्यक्तिलाई संलग्नता गराएको आरोप लागेपछि संससदिय छानबिन समिति गठन भएसँगै शर्माले राजीनामा दिनुभएको थियो ।

संसदीय छानबिन समितिले शर्मामाथि लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको भन्दै प्रतिवेदन बुझाएपछि अर्थमन्त्रीमा पुनः शर्मा नै नियुक्त हुनुभयो ।

बजेटको ३३३ नंम्बर बुँदामा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित संरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायर विस्तार गर्ने र निक्षेप बीमा ३ लाखबाट ५ लाख रुपैयाँ पुर्‍याउने उल्लेख छ ।

 

सम्बन्धित खबरहरु