काठमाडौं । एकजना वडाध्यक्षले अवैध सम्बन्ध राखेर युवतीलाई गर्भवती बनाएका छन् ।

बागलुङको जैमिनी नगरपालिका–९ का अध्यक्ष सन्दीप थापा ‘इन्द्र’ ले एक महिलालाई गर्भवती बनाएका हुन् ।

जानकारी अनुसार ताराखोला गाउँपालिकाकी २५ वर्षीया युवती गर्भवती भएकी छिन् ।

अध्यक्ष इन्द्रले घरमा पत्नी, छोराछोरी हुँदाहुँदै यस्तो अपराध गरेका हुन् । उनका चारवटा पत्नीमध्ये दुईले छाडेको स्थानीयले जानकारी गराए ।

गर्भवती युवतीलाई बागलुङ बजारस्थित एउटा घरमा राखिएको छ । अध्यक्ष थापाको घरमा पत्नी, ३ छोरी र १ छोरा छन् ।

नेकपा एमालेका तर्फबाट वडाध्यक्ष जितेका थापाले आफू अविवाहित रहेको भनी ढाँटेर ती युवतीसँग सम्बन्ध राखेका थिए । दुई पटकसम्म दबाब दिएर गर्भपतन गराएका उनी तेस्रो पटक गर्भ बसेपछि तनावमा परेका हुन् ।

चिकित्सकले थप गर्भपतन गर्दा आमाको स्वास्थ्यमा समस्या आउने बताएपछि विवाह गर्छु भनेर भरोसा दिलाए ।

दिदीको छोरी पढाउन सदरमुकाम बसेकी ती युवती अध्यक्षसँग प्रेम सम्बन्धमा थिइन् ।

भदौको पहिलो हप्ता बच्चा जन्मिने कुरा डाक्टरले बताएका छन् । वडाध्यक्ष थापाले घटना स्वीकार गरे । तपाईंलाई जानकारी गराउ कि नेपालमा लिभिङ टुगेदरलाई कानूनी मान्यता दिइएको छैन ।

मुलुकी अपराध संहिता १७५ (४) अनुसार दुईजना पत्नी राख्न मिल्दैन् । दोस्रो विवाह गर्न जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुपर्छ ।

यसबारे प्रतिकृया जनाउँदै उनले कानुनी समस्या परे जेठीलाई छोड्ने जनाए । उनीविरुद्ध अहिलेसम्म कुनै उजुरी परेको छैन् ।

 

सम्बन्धित खबरहरु